News Portal

  • भक्तपुरलाई प्रदेश ३ को स्थायी राजधानी बनाउनुपर्ने माग गर्दै प्रस्ताव दर्ता

    इभक्तपुर संवाददाताभक्तपुर, २७ चैत
    १०३८ पटक
    भक्तपुर, २७ चैत

     प्रदेश नं ३ को स्थायी राजधानी भक्तपुरलाई बनाउनुपर्ने माग गर्दै प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको छ ।

    एमालेबाट निर्वाचित प्रदेशसभा सदस्यद्वय शशिजंग थापा र हरिशरण लामिछानेले भक्तपुरलाई प्रदेश राजधानी बनाउने १० आधारसहित प्रस्ताव दर्ता गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

    सदस्य थापाले भक्तपुरलाई स्थायी राजधानी बनाउँदै प्रदेश नं ३ का सबै जिल्लालाई पायक पर्ने र सहज हुने भएकाले प्रस्ताव दर्ता गराएको बताए ।

    सो प्रस्तावमा सानोथिमी भक्तपुरका शिक्षा मन्त्रालय मातहतका शिक्षा विभाग, शैक्षिक जनशक्ति विकास केन्द्रका भवन, परीक्षा नियन्त्रण कार्यालय, अनौपचारिक शिक्षा केन्द्रलगायतका सुविधा सम्पन्न भवन, सानोथिमीको कृषि विकास तालीम केन्द्रको भवन तथा २०० रोपनी भन्दाबढी जग्गा खाली रहेकाले यहाँ राजधानीका लागि उपयुक्त हुने उल्लेख छ ।

    वैशाखदेखि रिक्त हुने यहाँका कार्यालयमा मन्त्रालय, मन्त्री आवास, मुख्यमन्त्रीको कार्यालय, सभामुख, उपसभामुखको कार्यालय, निवास, प्रदेशसभा भवनका लागि उपयुक्त हुने संरचना रहेको प्रस्तावमा उल्लेख छ ।

    सुरक्षाको पूर्ण प्रत्याभूति रहेको, आवश्यक अन्य पर्याप्त जग्गा रहेको, भौतिक संरचनाका लागि सरकारले तत्काल खर्च गर्नुपर्ने आवश्यकता नरहने र प्रदेश नं ३ को राजधानी भक्तपुर उपयुक्त भएको प्रतिवेदनसमेत सरकारी टोलीले बुझाएको तर्कसहितको प्रस्ताव गरिएको छ ।

    यसअघि काभ्रे र नुवाकोटका प्रदेशसभा सदस्यले पनि आफ्नो जिल्लालाई प्रदेश नं. ३ को स्थायी राजधानी बनाउन प्रस्ताव दर्ता गराएका छन् ।

    प्रतिकृया दिनुहोस्

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...