News Portal

  • न्यायालयमै नाटकीय भ्रष्टाचारः तीन तले भवनमा सात तले लिफ्ट !

    इभक्तपुर संवाददाताभक्तपुर, ३० चैत
    १२३९ पटक
    भक्तपुर, ३० चैत

    महालेखा परीक्षकको कार्यालयले आर्थक वर्ष २०७३÷७४ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । महालेखा परीक्षक टंकमणि शर्माले बिहीबार राष्ट्रपतिलाई प्रतिवेदन बुझाएका हुन् । उनले बुझाएको महालेखाको ५५ औं प्रतिवेदनमा सरकारी निकायमा भएका बेथिति र कैयौं अनियमितता उजागर गरिएको छ ।

    त्यसमध्ये एउटा उदाहरण हो – बाग्लुङ जिल्ला अदालतको भवन । तीन तलाको भवनमा सात तलाको लिफ्ट जडान भएको बिल भुक्तान भएको छ । यसरी अदालतमै भएको भ्रष्टाचारको अनौठो उदाहरण महालेखाको प्रतिवेदनले औँल्याएको छ ।

    यो समाचारलाई आजका पत्र पत्रिकाले विशेष स्थानका साथ प्रकाशित गरेका छन् ।

    नयाँ पत्रिका दैनिकले पहिलो पृष्ठमै यो समाचारलाई विशेष स्थान दिएको छ । प्रतिवेदनमा तीन तलाको भवनमा सात तलाको लिफ्ट जडान गर्नेलाई कारबाही गर्न महालेखा परीक्षकको कार्यालयले निर्देशन पनि दिएको छ ।
    जिल्लामा मात्रै होइन, सर्वोच्च अदालतमा भएको बेथितिबारे पनि महालेखा प्रतिवेदनमा उल्लेख छ । महालेखाले सर्वोच्च अदालत र मातहतका ९२ निकायमा लेखापरीक्षण गर्दा १३ लाख ९ हजार बेरुजु देखाएको छ । यसैगरी प्रतिवेदनमा सर्वोच्च अदालतका १३ जना पूर्व न्यायाधीशहरुले गैरकानुनी रुपमा सरकार सवारी साधनको दुरुपयोग गरेको उल्लेख छ ।

    अन्य समाचार

    आजको कान्तिपुर दैनिकले मुगुको रारामा बिहीबार डुंगा सयर गर्न तँछाडमछाड गर्दै गरेका आन्तरिक पर्यटकको तस्बिरलाई विशेष स्थान दिएको छ ।

    कान्तिपुर दैनिकले ‘गुलियो चिनिको तीतो कथा’ शीर्षकमा राजु चौधरीले लेखेको समाचार महत्त्वका साथ छापेको छ । उखु किसानले २ वर्षदेखि सवा ७ अर्ब रुपैयाँ नपाएको, ४ महिनायता उद्योगीको १ लाख ७० हजार टन चिनी बिक्री नभई थन्किएको, अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य घट्ने क्रममा रहे पनि उपभोक्ता प्रतिकिलो ८५ देखि ९० रुपैयाँ सम्म तिर्न बाध्य भएको लगायतका उदाहरणसहित समाचार तयार पारिएको छ ।

    त्यसैगरी निजी विद्यालयले अब प्रत्येक कक्षाका २५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने व्यवस्था गर्न सरकारले तयारी थालेको समाचार पनि कान्तिपुरमा प्रकाशित गरेको छ । शिक्षा मन्त्रालयको अनुरोधमा कानुन आयोगले अन्तिमरूप दिएको शक्षाको अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यससम्बन्धी कानुनको मस्यौदा तयार पारिएको आजको कान्तिपुर दैनिकमा मकर श्रेष्ठले लेखेको समाचारमा उल्लेख छ ।

    त्यसैगरी कान्तिपुरले तेस्रो पृष्ठमा दुई कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीच वैशाख ९ गते नै एकताको घोषणा हुनेमा संशय पैदा भएको उल्लेख गर्दै समाचार लेखेको छ । समाचारमा एकता संयोजन समितिको बैठक नै अनिश्चित बनेको उल्लेख छ ।

    आजको अन्नपूर्ण पोस्टले वीरगन्जको परवानीपुरमा पेट्रोलियम पाइप लाइन बिछ्याउँदै गरेका कामदारको तस्बिर प्रकाशित छ । त्यसैगरी प्रधानमन्त्रीले अतिवादीबाट मुलुक खतरामा रहेको भन्ने धारणा राखेको विषय पनि पोस्टले पहिलो पृष्ठमै समाचार प्रकाशित गरेको छ ।

    अन्नपूर्ण पोस्टले निरन्तर उठाउँदै आएको निजी विद्यालयको चर्को शुल्कका बारेमा आज पनि समाचार प्रकाशित गरेको छ । सूर्यप्रसाद पाण्डेले लेखेको समाचार शीर्षक रहेको छ–निजी स्कुलमा ब्रम्हलुट’ । न्यूनतम १५देखि ४० प्रतिशतसम्म शुल्क वृद्धि भएपछि अभिभावक अचानक मर्कामा परेको उल्लेख छ । समाचारमा निजी स्कुलले लिने शुल्कका विषयमा धेरै गुनासा आएको भन्दै कारबाही प्रक्रिया अघि बढाउने शिक्षामन्त्री गिरीराजमणि पोखरेलले बताएको पनि उल्लेख छ ।

    आजको नागरिक दैनिकले पनि महालेखा परीक्षकको कार्यालयले सार्वजनक गरेको प्रतिवेदनलाई आधार बनाएर मुख्य समाचार प्रकाशित गरेको छ । नागरिक दैनिकले यसअघि उठाउँदै आएको विषयलाई आज पनि प्राथमिकता दिएको छ । ‘आयल निगम जग्गा खरिद प्रकरणमा ६१ करोड राजस्व छली’ शीर्षकमा समाचार लेखेको छ । दिलीप पौडेलले लेखेको समाचारमा नेपाल आयल निगमले इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा करिब सबा ६१ करोड रुपैयाँ राजस्व छली गरेको र १७ गुणा महँगो मूल्य तिरेर अनियमितता गरेको उल्लेख छ ।

    त्यसैगरी मन्त्रीको हालिमुहालीमा ब्रेक शीर्षकमा अर्को समाचार प्रकाशित छ । अब मन्त्रीले समूह र विज्ञता नमिले पनि आफूलाई मन लागे जुनसुकै निकायको सचिव टिपेर लैजाने र मन नपरे सरुवा गरिहाल्ने परम्परा बन्द हुने भएको छ । प्रधानमन्त्रीले नै सचिव सरुवा गरेपछि मन्त्रीको हालिमुहालीमा ब्रेक लाग्ने अर्जुन सुवेदीले लेखेको समाचारमा उल्लेख छ ।

    आजको राजधानी दैनिकले पनि महालेखा परीक्षकको प्रतिवेदनमा आधारित रहेर समाचार लेखेको छ । समाचारमा संसद्भित्रै बेथितिको चाङ रहेको उल्लेख गरिएको छ । समाचारमा संसद् सचिवालयले कानुन र नियमविपरीत ३१ नेतालाई ५६ लाखको इन्धनबापतको खर्च उपलब्ध गराएको उल्लेख छ ।

    विचार र दृष्टिकोण

    प्रधानमन्त्रीको सफल भारत भ्रमण : नयाँ पत्रिका दैनिकमा भरतमोहन अधिकारीको दृष्टिकोण प्रकाशित छ । उनको दृष्टिकोणमा प्रधानमन्त्रीको भ्रमणसँगै नेपाल–भारतबीचको २१ औं शताब्दीअनुकूल समानता, सम्मान, सद्भाव र सहकार्यको नयाँ आधारसहति अघि बढ्नुपर्छ भन्ने अवधारणा उजागर भएको छ ।

    दिल्ली दर्शनको प्रसाद : आजको नागरिक दैनिकमा सीके लालको विचार प्रकाशित छ । सीके लालको प्रकाशित विचारमा ओलीको नयाँ दिल्ली एवम् उत्तराखण्डको तीनदिने भंमण तालिका अत्यन्तै व्यस्त रहे पनि सम्पूर्ण तीर्थाटनको उद्देश्य दिल्ली सत्ताको आराध्यदेव मोदीको दर्शन रहेको बुझिन्छ ।

    ओली महात्म्य : आजको कान्तिपुर दैनिकमा ध्रुव कुमारको दृष्टिकोण प्रकाशित छ । लेखमा ओलीले मोदी या सीको होइन, नेपाली जनताको आफूमाथिको विश्वास डगमगाउन दिनुहुँदैन । यसैमा उनको सफलता अंकित हुनेछ भन्ने धारणा अभिव्यक्त गरिएको छ ।
    समृद्धि, शिक्षा र समाजवाद : आजको अन्नपूर्ण पोस्टमा प्रा. कृष्ण खनालको विचार प्रकाशित छ । शिक्षामा वर्गीय विभाजनले समतामूलक होइन विभाजित समाज निर्माण गर्ने उनको विचारमा उल्लेख छ ।

    सम्पादकीय

    नयाँ पत्रिका दैनिकले सम्पादकीयमार्फत प्रधानाध्यापकहरुले आफ्नो जिम्मेवारी सही ढंगले निर्वाह नगर्दा सामुदायिक विद्यालय कमजोर हुँदै गएको धारणा अघि सारेको छ ।

    नागरिक दैनिकले घटनाप्रदान वर्ष शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा यो वर्ष सफलता पाउनेले पनि त्यसलाई जनताको नासो सम्झिएर र अपेक्षित सफलता नपाउनेले पनि आफूलाई सुधारेर भविष्यका निम्ति तयार रहनु उचित हुने उल्लेख छ ।

    वित्तीय अनुशासन चरम उल्लंघन शीर्षकमा कान्तिपुरले सम्पादकीय लेखेको छ । वित्तीय अनुशासन बिग्रँदै जानुले पनि अर्थमन्त्री युवराज खतिवडाले भनेजस्तै ढुकुटी रित्तो हुने अवस्था आइपुगेको सम्पादकीयमा उल्लेख छ ।

    अन्नपूर्ण पोस्टले निन्दनीय कृत्य शीर्षकमा सम्पादकीय लेख्दै भनेको छ–खुला सीमाकै कारण हजारौं नेपाली महिला भारत हुँदै अरब र अफ्रिकी मुलुकसम्म पुर्याइएको अवस्थामा सीमा नियमन सम्बन्धमा सरकारले सोच्न ढिलाइ भइसकेको छ ।
    आजको गोरखापत्रले आयोजनामा अनावश्यक रुपमा भइरहेको ढिलाइ सम्बन्धमा सम्पादकीय लेखेको छ , बाह्रखरीले यसलाइ प्राथमिकतापूर्वक समीक्षा गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...