News Portal

  • महोत्तरीका एक दर्जन बढी गाउमा खानेपानीको हाहाकार मच्चियो

    १३८६ पटक

    महोत्तरी जिल्लाको उत्तरवर्ती एक दर्जनभन्दा बढी गाउँमा खानेपानीको हाहाकार भएको छ ।

    अत्यधिक गर्मीसँगै जिल्लाको उत्तरवर्ती पशुपतिनगर, किसाननगर, हात्तिलेट, लक्ष्मिनियाँ, बेलगाछी, फुल्काहा, रामनगर, गौरीबास, खयमारा, बिजलपुरा, निगौल, गौशाला, बर्दिबास नगरपालिका लगायतका ठाउँमा खानेपानीको हाहाकार मचेको स्थानीयवासीले बताएका छन् ।

    ढुंगा र चट्टानयुक्त भौगोलिक विकटताका कारण अहिले हिउँदमै ती गाविसमा पानीको सतह घटेर धेरै तल गइसकेर ती विभिन्न गाविसमा रहेका २०० भन्दा बढी इनार सुकिसकेको छ भने बाँकी इनारको पानी पनि पाताल लागिसकेको गौशालाका हजारी साहले बताए । सयौँ इनार एकैचोटि सुकिदिँदा त्यस क्षेत्रमा खानेपानीको विकराल समस्या उत्पन्न भएको र त्यस्तै बाँकी इनारबाट एक गाग्री पानी निकाल्न पनि निक्कै समय खर्चिन परेको बेलगाछीका काशी महतोले बताए ।

    जिल्लाको उत्तरी क्षेत्रका अधिकांश गाउँमा पानीको हाहाकार मचेपछि त्यस क्षेत्रका प्रत्येक परिवारका एकजना सदस्यले दैनिक खानेपानीको जोहोमा छिमेकी गाविस र वरपरका नदी, खोलामा धाउनु परेको लक्ष्मिनियाका शंकर महतोले बताए । पानीको अभावमा त्यस क्षेत्रका बासिन्दाले जसोतसो खाना पकाउने र पिउनेसम्म गरेको छ भने नुहाउने, लुगाधुने, वस्तुभाउलाई खुवाउने जस्ता कार्य सातामा दुई÷तीन पटक मात्रै गर्ने गरेको खयरमाराका देवेन्द्र यादवले बताए ।

    विभिन्न सामाजिक संघसंस्था र तत्कालीन गाविसकै खर्चमै पनि धेरै पहिले ती गाउँमा जडान गरिएका दर्जनौँ धारा, स्यालो ट्युबवेल र डिप बोर्डिङ पनि खराब भएर सञ्चालनमा नहुँदा स्थानीयवासीलाई पानीको जोहोका लागि छिमेकी जिल्ला धनुषाको शहर बजार र पाँचदेखि सात किलोमिटर टाढासम्म रहेको छिमेकी गाविसका नदीनाला र इनारमा जानुपर्ने बाध्यता रहेको किसाननगरका प्रेमकुमार महतोले बताए । यसरी त्यस क्षेत्रका दर्जनभन्दा बढी गाउँमा खानेपानीको हाहाकार भएपछि स्थानीयवासी चिन्तित भएका छन् सम्बन्धित निकायलाई खानेपानीको जोहो गरिदिन माग गरेका छन् ।

    -रासस

    प्रतिकृया दिनुहोस्

    सत्तारुढ दलहरुको गठबन्धन गर्ने निर्णय अराजनीतिकःशंकर पोखरेल

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्ने...

    सार्वजनिक जग्गामा बनाएको संरचना बारेमा अध्ययन गर्न नर्भिकले समिति बनाउने

    नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर संरचना बनाएको बारेमा अध्ययन गर्न काठमाडौं महानगरपालिका र अस्पतालले प्राविधिक...

    जनकपुरधाममा तीन दिनदेखि बेपत्ता युवकको शव फेला

    जनकपुरधाममा तीन दिनदेखि बेपत्ता रहेका एक युवकको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका–७ बस्ने...

    वर्तमान सरकारले नागरिकका समस्यामा ध्यान दिएनः सुवास नेम्वाङ

    नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वर्तमान सरकारले नागरिकका समस्यामा ध्यान दिन नसकेको आरोप...

    प्रधानमन्त्रीसँग संसदमा प्रश्नोत्तर गर्न नपाउने होः एमाले

    प्रधानमन्त्री शेरबहादुर देउवासँग संसदमा प्रश्नोत्तर गर्न नपाएकमा प्रमुख विपक्षी नेकपा एमालेले गुनासो पोखेको छ ।...