News Portal

  • दुवै मृगौला फेला भएकी टिका कार्कीलाई आर्थिक सहयोग

    लक्ष्मण रसाइली बैशाख ९
    ८९६ पटक
    बैशाख ९

    काठमाडौँ ,निशिखोला गाउँपालिका ,२ बाग्लुङ्ग कि टिका कुमारी (घर्ति)कार्की दुवै मृगौला फेला भई लुम्बिनी मेडिकल कलेज भैरहवामा अस्पतालको सैयामा रहेकी छिन।घरमा स-साना २ छोरी र एक छोरी भएकी कार्की बिगत एक बर्ष देखि जिबन र मरणको दोसाधमा बाचिरहेकी छिन ।दुवै मृगौला फेला छन्,श्रीमानले खाडी मुलुक साउदी अरबमा पसिना बगाई कमाए जति आर्थिक पनि सकियो अहिले आर्थिक अभावको कारण उनि अस्पतालको सैयामा छटपटाइ रहेकी छिन ।

    श्रीमानले खाडी मुलुक साउदी अरबमा ५ बर्ष पसिना बगाई कमाएको रकम जति सबै एक बर्षको उपचार मै सकियो तर उनि निको हुन् सकिनन् हप्ते पिच्छे अस्पतालमा डाईनोसिसको लागि पुग्नु पर्छ ,तर अहिले न घरमा केहि सर सम्पति छ आर्थिकको लागि न घरमा सहयोग गर्ने कोहि आफन्त नै छन,बाल बच्चाको बिचल्ली छ,जताततै पिडा नै पीडाको सिकार छन् ।

    श्रीमान रुदै पिडा पोख्छन”बिदेशमा कमाए जति सकियो,घरमा भएको सम्पति पनि सकियो,बालबच्चा को बिचल्ली छ अर्का कै घरमा शरणमा छन्,मा अहिले सहयोगको अपेक्षा गर्दै हिडेको छु ।अब उअसको उपचारको आगि अझै १५/२० लाख लाग्ने देखिन्छ यत्रो रकम जुटाउ कसरि म ?मा एउटा मृगौला दिन्छु तर अझै रकम पुग्दैन”उनिले भक्कानिदै भने ।

    उनको पिडामा मलम लगाउने धेयका साथ सामाजिक कार्य गर्दै आएको साया(सामाजिक संजालको ) ग्रुपले बिभिन्न माध्यम,सडक संकलन गरेर रु.८०,५०० सहयोग गरेको छ ।सो संकलित रकम शनिबार काठमाडौँको चाबहिलमा एक कार्यक्रमका बीच मृगौला पिडित टीकाका श्रीमानलाइहस्तान्तरण गरिएको छ। साथै साया ग्रुपका समूह संयोजक किरण सापकोटा,रेज्मा अधिकारी तथा समुहका सबैले टिका बचाउ अभियानमा सहयोग गरिदिन अपिल गरेका छन् ।

    हेर्नुस भिडियो

    प्रतिकृया दिनुहोस्

    घिमिरे गाउँमा भेटिएको शवको पहिचान, हत्या आरोपमा सुडालका एकसहित २ जना सार्वजनिक

    भक्तपुरको सीमाना संगै जोडिएको काभ्रेको बनेपा १ स्थित घिमिरे गाउँमा आइतवार बिहान मृत अवस्थामा भेटिएका...

    आज बर्षाको सम्भावना

    नेपाल र भारतको बिहार त्था पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले सोमबार देशभर...

    बेरोजगार उत्पादन गर्ने शिक्षा आवश्यक छैन : विप्लव

    नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले बेरोजगार उत्पादन गर्ने शिक्षा आवश्यक नरहेको बताएका छन् ।...

    शिक्षकले राजनीति गर्न पाउनुपर्छ र एसईई पनि हटाउनु हुँदैन : प्रेम सुवाल

    prem suwal

    भक्तपुर १ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले शिक्षा बिधेयकमा उल्लेख शिक्षकले राजनीति गर्न नपाउने...

    प्रधानमन्त्रीको चीन भ्रमणले समृद्धिका लागि सम्भावनाको नयाँ ढोका खोल्यो : माओवादी केन्द्र

    नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणले विश्वासको वातावरण बनाउँदै...