News Portal

  • रहस्यमयी भोटो : सधै थैलीमा भएर पनि न खुम्चिन्छ, न त किराले नै खान्छ

    इभक्तपुर संवाददाताभक्तपुर, ३० बैशाख
    ९२१ पटक
    भक्तपुर, ३० बैशाख

    रातो मच्छिन्द्रनाथको साथमा रहेको भोटो आइतबार साँझ जावलाखेलमा प्रदर्शन गरिँदैछ । ज्यापू समाज जावलाखेल व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण महर्जन (पुल्चोक)का अनुसार ललितपुर महानगरपालिकाले यसको व्यवस्थापन गरेको छ, ज्यापू समाज पनि यसमा सहभागी छ । जात्रामा भोटो प्रदर्शन हुने भए पनि यो भोटोको राणाकालदेखि मर्मत भने हुन सकेको छैन ।

    भोटोमा जडित सातवटा पत्थर नभएको भन्ने अभिलेख भद्रकालीस्थित गुठी लगतमा उल्लेख छ । भोटोमा जडित पत्थरको अवस्थाबारे संस्थान स्वयं अनभिज्ञ छ । संस्थानका प्रवक्ता सरोज थपलिया भन्छन्, “वास्तवमै भोटोको जाँच गहना जाँचकीबाट हुनुपर्ने हो । भोटो के हो, यसमा जडित गहना पत्थर के हुन्, यो अहिलेसम्म खुलेकै छैन । भोटो देखायो, सिलबन्दी ग¥यो, फेरि खोल्यो, देखायो अनि थन्क्यायो । यस्तै भइरहेको छ । ”

    प्रवक्ता थपलियाका अनुसार भोटोको मर्मत गर्न संस्थान इच्छुक छ तर सिलबन्दी भोटो अरू बेला खोल्दाको प्रक्रिया के हुन्छ, यो विचारणीय छ । “अरू बेला भोटो थैलीबाट झिक्नै हुन्न भन्ने पनि कतै उल्लेख छैन”, थपलियाले संस्थानले भोटोको वास्तविक अवस्था जान्न चाहेको बताएका छन् ।

    संवत् १४०० वर्षअघि राजा नरेन्द्रदेवका पालादेखि चलिआएको यो भोटो प्रदर्शनमा राणाकालमा भने पत्थर झरेको भोटोबाट केही धातु हराएको भन्ने अभिलेख छ । गुठी संस्थानका लगत प्रमुख राजेन्द्र दाहालका अनुसार अभिलेख यसो भए पनि पछि मर्मत भएको पाइएको अभिलेख छैन ।

    भोटो प्रदर्शन गर्ने एक समयका सहभागी गुठी संस्थानका अधिकृत रुद्रनाथ अधिकारीका अनुसार भोटो थैलीबाट झिक्दा खुम्चेको हुँदैन, कीराले खाएको पनि पाइन्न । वजनदार यो भोटो ¥यालेजस्तो छ, आङ् घुसाउन मिल्ने दुई पाटोको छैन । भोटो देखाउँदा पानी परेको बेला भिजेको पनि हुन्छ तर वर्ष दिनपछि थैली खोल्दा भोटोमा पानीको असर भेटिन्न ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...