News Portal

  • भक्तपुरमा पहिचान खुल्न नसकेका एक पुरुष मृत अवस्थामा भेटिए

    नेपालवाल संवाददाताभक्तपुर, ५ जेठ
    ४९५८ पटक
    भक्तपुर, ५ जेठ

    भक्तपुरमा पहिचान खुल्न नसकेको एक पुरुष मृत अवस्थामा भेटिएका छन् । भक्तपुर नगरपालिका – ३ मंगलाछे शिवालय मन्दिर भित्र उनको शव भेटिएको हो ।

    अन्दाजी ५ फिट ६ ईन्चको देखिने मृत पुरुषको तालु खुईलिएको छ भने उनले कालो ज्याकेट, सेतो निलो सर्ट, निलोमा सेतो धर्सा भएको ट्र्याकसुट लगाएको अवस्थामा प्रहरीले शव फेला पारेको छ । मृतकको उमेर अन्दाजी ६०/६५ बर्षको जस्तो देखिन्छ ।

    दिउसो ३ बजेको समयमा स्थानीयले सूचना गरेपछि पुगेको प्रहरीले उक्त शवलाई पोस्ट्मार्टमका लागि भक्तपुर अस्पताल पुर्याएको छ भने मृतक र मृत्युको बारेमा थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जनाएका छन् ।

    समाचार तयार पार्दासम्म मृतकको पहिचान खुल्न सकेको छैन ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...