News Portal

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्राफिक कम गर्न काभ्रेमा बैकल्पिक बिमानस्थल बनाइने

    नेपालवाल संवाददाताकाठमाडौँ, १२ जेठ
    ९४७ पटक
    काठमाडौँ, १२ जेठ

    संस्कृति पर्यटन तथा नगारिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले आन्तरिक उडानको लागि काभ्रेमा विमानस्थल निर्माणको काम द्रुत गतिमा अगाडि बढेको जानकारी दिए।

    सरकार गठनको सयदिनभित्र सम्पन्न गर्नेगरी प्रस्तुत गरेका कार्ययोजनाको समिक्षा कार्यक्रममा बोल्दै अधिकारीले प्राविधिक समितिले ठाउँ सिफारिस गरेको र मन्त्रालयले विमानस्थल निर्माणको काम अगाडि बढाएको जानकारी दिए ।

    विमानस्थलको विस्तृत सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मूल्यांकनको काम पनि अगाडि बढाइएको उनले बताए। आफूले सय दिनभित्र गर्ने भनेर ल्याएको कार्ययोजनाको ९५ प्रतिशत काम पुरा भएको बताउँदै काभ्रेमा बैकल्पिक आन्तरिक विमानस्थलको ठाउँ निर्धारण एक भएको बताए।

    उक्त विमानस्थल औचित्यमाथि प्रश्न उठेको आफू त्यस्ता हरेक प्रश्नको उत्तर दिन तयार भएको बताए। ‘म हरेक प्रश्नको जवाफ दिन तयार छु मैले गरेका हरेक कामको जिम्मेवारी म लिन्छु । काभ्रेमा आन्तरिक विमानस्थल सम्भव छ त्यो व्यावसायिक,प्राविधिक र आवश्यकताको हिसाबले पनि उपयुक्त छ’मन्त्रालयमा आयोजित कार्यक्रममा उनले भने,‘यसले कम्तिमा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ३१ प्रतिशत ट्राफिक कम हुनेछ ।’

    देशका कतिपय ठाउँमा जहाज नै नउड्ने ठाउँमा पनि विमानस्थल बनेको भन्दै उनले नागिडाँडामा त साानै भएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्राफिक कम हुनेगरी बन्ने उनको भनाइ छ ।

    ‘अहिलेको हाम्रो उकुसमुकुसलाई ३१ प्रतिशत कम एकातिर गर्छ भने त्यहाँ ठुला जहाज नगए पनि हेलिकप्टरमात्र चलेपनि व्यावसायिकरुपमा त्यो विमानस्थल चल्छ ।’

    काभ्रेकाे नागिडाँडामा साना जहाज उडान तथा अवतरण गर्न मिल्ने विमानस्थल बनाउन सकिने पूर्वसम्भाव्यताबाट देखिएकाे छ। ६ सयदेखि १२ सय मिटरसम्मकाे धावन मार्ग बनाउन सकिने उक्त अायाेजनाकाे लागत १० अर्ब लागत लाग्ने अनुमान गरिएकाे छ भने पाँच वर्षमा सम्पन्न हुने छ ।

    सय दिनभित्र गर्ने भनिएका महत्वपुर्ण कामहरु सम्पन्न भएको र नयाँ आर्थिक वर्षदेखि नयाँ कार्यक्रमसहित अगाडि बढ्ने अधिकारीले बताए ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...