News Portal

  • भक्तपुरका ४ नगरपालिकामध्ये भक्तपुरलाई बढी र मध्यपुरलाई कम केन्द्रिय बजेटको व्यवस्था

    बाबुराम दाहालभक्तपुर, १६ जेठ
    ४३३६ पटक
    भक्तपुर, १६ जेठ

    सरकारका अर्थमन्त्री युवराज खतिवडाले मंगलवार संसदमा नयाँ बजेट प्रस्तुत गरेका छन । आगामी आर्थिक वर्ष ०७५/७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट सार्वजनिक गरिएको छ  ।

    सार्वजनिक भएको बजेटमा प्रत्यक स्थानीय तहमा रकम तोकेर बाँडफाँड गरिएको छ । भक्तपुरको ४ नगरपालिका मध्ये भक्तपुर नगरपालिकाले सबैभन्दा बढी र मध्यपुरले सबैभन्दा कम बजेट पाएका छन् ।

    भक्तपुर नगरपालिकाको लागि केन्द्रिय सरकारले ४९ करोड ६१ लाख रुपैया बजेट छुट्याएको छ भने चाँगु नारायण नगरपालिकाको लागि ४६ करोड ८९ बजेट छुट्याइएको छ ।

    त्यसैगरी सूर्यविनायक नगरपालिकाले ४० करोड १६ लाख रुपैया पाउने भएको छ भने मध्यपुर थिमी नगरपालिकाको लागि ३६ करोड ३८ लाख रुपैया केन्द्रिय सरकारको कोटामा परेको छ ।

    निरन्तर खबरकालागि हाम्रो फेसबुक पेज लाइक गर्नुहोला

    प्रतिकृया दिनुहोस्

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...