News Portal

  • बजेटमा प्रचण्डका मन्त्रीहरूको कुनै कार्यक्रम नपरेको भन्दै विप्लवको यस्तो कटाक्ष

    नेपालवाल संवाददाताकाठमाडौँ, १७ जेठ
    ८५४ पटक
    काठमाडौँ, १७ जेठ

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विप्लवले सरकारले मंगलबार घोषणा गरेको बजेटलाई शब्दजालले भरिएको भाषण भनेका छन् । बजेटमा जनयुद्ध र जनआन्दोलनका सहिद, बेपत्ता योद्धा र घाइते योद्धाहरूका बारेमा कुनै कार्यक्रम नल्याइएको भन्दै उनले बजेट प्रतिकृयाबादी भएको भनेका छन् ।

    बजेटमा जनयुद्ध र जनआन्दोलनका सहिद, बेपत्ता योद्धा र घाइते योद्धाहरूका बारेमा कुनै कार्यक्रम नल्याइएको भन्दै महासचिव विप्लवले आपत्ति जनाएका हुन् । उनले भनेका छन्, “जनयुद्ध र जनआन्दोलनका सहिद, बेपत्ता योद्धा र घाइते योद्धाहरूका बारेमा कुनै कार्यक्रम ल्याइएको छैन । २०६५ सालदेखि लगातार बजेट विनियोजन गरिएको सहिद प्रतिष्ठानद्वारा सञ्चालित विद्यालयहरूमा बजेट विनियोजन गरिएको छैन । यसले गर्दा प्रचण्डका मन्त्रीहरूको कुनै कार्यक्रम नपरेको देखिएको छ ।”

    ”बजेट नेपाली जनता र देशको आवश्यकता सम्बोधन गर्ने भन्दा सत्तारुढ पार्टीका कार्यकर्ता पोस्ने नीतिमा आधारित भएको उनको आरोप छ ।

    ‘जनतामा रहेको सरकारप्रतिको ‘समृद्धि’ भ्रमलाई यो बजेटले स्पष्ट पारिदिएको छ कि वैज्ञानिक समाजवादभित्रको राज्य प्रणालीले मात्र जनताका समस्याहरु समाधान गर्नसक्छ’ विप्लवले भनेका छन् ‘नीति तथा कार्यक्रमले सबै रकम सत्तासीन पार्टीका पहुँचवाला कार्यकर्ताहरूले दुरुपयोग गर्ने र लक्षित समुदाय पूर्णरूपले विमुख रहन्छ ।’ मंगलबार प्रस्तुत बजेटमा शैक्षिक प्रमाणपत्र धरौटीमा पाँच प्रतिशत ब्याजदरमा १० लाख रुपैयाँसम्म ऋृण दिने भनिएको छ ।

    बजेटले कुनै नयाँ पन दिन नसकेको जनाउँदै नीति–कार्यक्रम र बजेटले देशको राष्ट्रिय उद्योगलाई धराशायी हुने र विदेशी उद्योगहरूलाई बिनारोकतोक प्रवेश गराउने बताएका छन् । साथै विगतका दलाल संसदीय व्यवस्थाकै निरन्तरतामा कार्यक्रम र बजेट आएको बताउँदै विप्लवले भ्रष्टाचार नियन्त्रण र बेथितिविरुद्ध आन्दोलन गर्ने लाग्ने शक्तिलाई नाकाबन्दी लगाउने उद्देश्यले ‘आतंककारी गतिविधि’ पदावली प्रयोगले सरकार सामाजिक फासिवादतर्फ उन्मुख भएको उनको भनाई छ । साथै बजेट सरकारका थुप्रै कुत्सित नियतले भरिएको जनताको समृद्धिप्रति अनुदारवादी रहेको कडा प्रतिक्रिया दिएका छन् ।

    ईरातो खबरमा प्रकाशित विप्लवको प्रतिक्रिया तथा टिप्पणीअनुसार बजेट घोषणापछि दलाल संसदीय सरकारको सट्टा वैज्ञानिक समाजवादी सत्ताले मात्र देश र जनताका समस्या समाधान गर्न सक्ने पुष्टि भएको विचार उनले व्यक्त गरेका छन् ।

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...