News Portal

  • विश्वकपमा कान नसुन्ने सेतो बिरालोले खेलकाे नतिजाबारे भविष्यवाणी गर्ने

    काठमाडौँ, २८ जेठ
    १५४५ पटक
    काठमाडौँ, २८ जेठ

    एजेन्सी । यसपटकको विश्वकपमा कान नसुन्ने सेतो बिरालोले खेलकाे नतिजाबारे भविष्यवाणी गर्ने भएकाे छ । अायाेजक राष्ट्र रूसले साे प्रयाेजनका लागि उक्त बिरालाेलार्इ छनोट गरेको हाे ।

    ‘अकिलिज’ नामक मोगी प्रजातिको उक्त सेताे बिरालोले यसअघि २०१७ को कन्फेडेरेसन कपमा पनि चारमध्ये तीन खेलको सही भविष्यवाणी गरिसकेको समाचार एजेन्सीहरूले जनाएका छन् ।

    मुसा भगाउने प्रयाेजनका लागि रुसको सेन्ट पिटर्सबर्गको ‘हर्मिटेज’ म्युजियममा उक्त बिरालाेलार्इ राखिएकाे छ । साे म्युजियम क्षेत्रमा ६० वटा बिराला राखिएकाे बताइन्छ, जसमध्ये अकिलिजलाई विश्वकपको भविष्यवाणीका लागि छनोट गरिएकाे हाे ।

    white cat world cup के लिए इमेज परिणाम

    यसरी हुनेछ भविष्यवाणी

    विश्वकपका हरेक खेलपूर्व उक्त बिरालाेमार्फत भविष्यवाणी गराइनेछ । खेलका प्रतिस्पर्धी टिमको झण्डा र रङसहितका दुईवटा भाँडामा खानेकुरा राखिनेछ र बिरालाेले एउटाको खाना छानेर खानेछ । जुन टिमकाे झण्डा भएकाे भाँडाेकाे खाना बिरालाले खानेछ, साेही टिम विजेता बन्ने भविष्यवाणी गरिएकाे मानिनेछ ।

    अकिलिजको क्षमताकै कारण यस कार्यका लागि छनाैट भएकाे हाे । कान नसुन्ने भए पनि उसमा सही चयन र विश्लेषण गर्न सक्ने क्षमता र असामान्य व्यवहार रहेकाे बताइन्छ ।

    संबंधित इमेज

    हर्मिटेज म्युजिमकी प्रमुख मारिया खल्टुनेका अनुसार कान सुन्न नसके पनि उक्त बिरालाेमा अनुमान लगाउने शक्ति प्रभावकारी नै रहेकाे छ । सुन्न नसकेपछि उसकाे ध्यान सजिलै भङ्ग नहुने हुनाले पनि भविष्यवाणी सफल भइरहेको मारियाकाे भनाइ छ ।

    यसअघि सन् २०१० को विश्वकपमा पनि ८५ प्रतिशत गेमको उचित अनुमान गर्न सफल ‘पल’ नामक अक्टोपसले विजेता स्पेनबारे सही भविष्यवाणी गर्दै अत्यधिक चर्चा कमाएको थियो ।

    यसपटककाे विश्वकपका लागि छनाैट भएपछि याे बिरालाे पनि एकाएक सेलीब्रेटी भएकाे छ, अहिले दैनिक सयौँ मानिसहरुले उसको तस्बिर खिचेर लैजाने गरेका छन् । अकिलीजलार्इ ‘फ्यान आइडी’ प्रदान गर्ने निश्चित भइसकेको छ । यसका लागि विशेष कागजात समेत तयार भइसकेको बताइएको हो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...