News Portal

  • कृषिमन्त्रीद्वारा ४ डेरीमा छापा, दूधमा देखियो साेडै सोडा

    काठमाडौँ, २९ जेठ
    ९९२ पटक
    काठमाडौँ, २९ जेठ

    अहिले काठमाडौंमा दैनिक साढे ५ लाख लिटर हाराहारी प्रशोधित दूध (पाउच) उपभोक्ताले दैनिक खपत गरिरहेका छन् । हरेक दिन काठमाडौं सहरबाट कम्तीमा २ करोड ९७ लाख रुपैयाँ किसानले गाउँ लैजान्छन् ।

    कृषि उपजमध्ये सहरबाट सर्वाधिक मुद्रा गाउँ पुर्‍याउने यो मुख्य वस्तुको गुणस्तर खस्केको, स्वास्थ्यलाई हानि पुर्‍याउने अखाद्य वस्तु मिसावट भएको गुनासो तालुक मन्त्रालयसमक्ष पुगेपछि सोमबार कृषिमन्त्री चक्रपाणि खनालले राजधानीका चारवटा डेरीमा छापा मारे ।

    कृषि राज्यमन्त्री रामकुमारी चौधरी र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्ण, फुड इन्स्पेक्टरसहित बालाजु औद्योगिक क्षेत्र पुगेका मन्त्री खनालले औद्योगिक क्षेत्रभित्र सञ्चालित आधुनिक डेरी प्रोडक्ट लिमिटेड, सामूहिक कृषक लिमिटेडको सुलभ दूध, सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) र औद्योगिक क्षेत्र बाहिरको पुष्प डेरी फार्ममा छापा मारेका थिए।

    यी सबैमा सरसफाइको कमी देखिन्थ्यो । यीमध्ये दूध बनाउन प्रयोग गरिने धूलो दूधका बोरामा उत्पादन म्याद नखुलेको भेटिएपछि आधुनिक डेरीका ३ र पुष्प डेरीको एक गरी ४ वटा गोदाममा मन्त्री खनालले सिलबन्दी गराए । धूलो दूध बाक्लो दही बनाउन तथा दूधमा हुने ठोस पदार्थ (एसएनएफ) को मात्रा बढाउन प्रयोग गरिन्छ । त्यस्तै उद्योगीले किसानबाट दूध कम संकलन हुने अवस्थामा धूलोबाटै प्रशोधित दूध बनाई चिल्लो पदार्थ (फ्याट) मिश्रण गरी बिक्री गर्छन्।

    आधुनिक डेरीको गोदाममा राखिएको चितवन मिल्क लिमिटेडको राहुल ब्रान्डको धूलो दूधमा उत्पादन मिति/म्याद लेखिएको भेटिएन । गोदाममै कर्मचारी सुत्ने गरेको, सरसफाइ नगरिएको पनि देखियो । दूध र दुग्धजन्य पदार्थको गुणस्तर अभिवृद्धि गर्न राम्ररी उत्पादन गर्ने व्यवहार (जीएमपी) लागू भइसकेको छ । तर डेरीहरूले जीएमपी पालना राम्ररी गरेको देखिएन । डीडीसीको प्रशोधन कक्ष र उपकरण धेरै पुराना देखिन्थे ।

    कारखानाबाहिर सरसरफाइको कमी तथा फुटेका दूधका पोकामा झिंगा देखिन्थे । कारखानाभित्र कर्मचारी बिना पन्जा दूध उत्पादन, संकलन गरिरहेका देखिन्थे । सबै डेरीका दूध राख्ने क्यारेट अत्यधिक फोहोर थिए।

    मन्त्रीले बालाजुमा छापा हान्नुअघि २५ डेरी उद्योगका ४२ वटा ब्रान्डका दूध पाउच संकलन गरेका थिए । यी मध्ये ४० वटामा मानव स्वास्थ्यलाई हानिकारक हुने सोडियम बाई कारबोनेट (सोडा) फेला परेको महानिर्देशक कर्णले बताए। सोडा दूध फाट्नबाट जोगाउन प्रयोग गरिएको देखिन्छ। यो स्वास्थ्यका लागि हानिकारक हो। नेपालमा दूधमा सोडा मिसाउन अवैधानिक मानिन्छ ।

    ‘१७ वटा ब्रान्डमा व्यवसायीले चिल्लो पदार्थ (फ्याट) घटाएर प्याकेजिङ गरेको भेटियो,’ महानिर्देशक कर्णले भने, ‘९ वटामा ठोस पदार्थ (एसएनएफ) मापदण्डभन्दा न्यून भेटियो।’

    दूधका पाउचमा फ्याट ३ र एसएनएफ ८ लेखिएको हुन्छ । यो मापदण्ड हो। दूधलाई फाट्नबाट जोगाउन सोडा हालेको देखिएको छ । कोलिफर्मलगायत जीवाणु भए/नभएको जाँच्न ७२ घण्टा प्रयोगशालामा राख्नुपर्ने भएकाले यसबारे बुधबार मात्रै जानकारी पाइने छ।

    ‘उपभोक्ताप्रति कोहीपनि उत्तरदायी देखिएनन्,’ मन्त्री खनालले अनुगमनका क्रममा भने, ‘जनताको स्वास्थ्यमा खेलबाड भइरहेको छ । अधिकांश डेरी उद्योगको मापदण्ड पुग्दैन । पाउडर भरमार प्रयोग गरिएको छ । खाद्य प्रविधिले पनि कडाइपूर्वक छानबिन गरेको देखिएन।’

    दूधजस्तो संवदेनशील पदार्थको उत्पादनमा डेरीहरूले पर्याप्त ध्यान नपुर्‍याएको विषयलाई प्रधानमन्त्री र मन्त्रि परिषद्मा लैजाने बताउँदै मन्त्री खनालले कानुन संशोधन तथा नयाँ आवश्यक भए ल्याउने बताए । यसअघि बुधबार डीडीसीले मन्त्रालयलाई राजधानीका १२ वटा डेरीको दूधको गुणस्तर जाँचेर प्रतिवेदन बुझाएको थियो। त्यो प्रतिवेदनमा ७ वटा ठूला डेरीले दूधमा सोडा मिसाउने गरेको उल्लेख छ । कान्तिपुरमा सुरज कुँवरले खवर लेखेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...