News Portal

  • हवाई भाडा वृद्धिको विरोधमा हुम्लावासी आन्दोलित

    राजन रावत/हुम्ला
    १४६५ पटक

     

     

    समायोजनका नाममा हवाई भाडा वृृद्धि गरेको भन्दै हुम्लावासी आन्दोलित भएका छन् । उनीहरुले विरोध स्वरुप जिल्लाका सात वटै गाँउपालिकामा धर्ना दिएका हुन् ।

    संस्कृृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले नयाँ समायोजन गरेको हवाई भाडाबाट हुम्लाबासीले यस अघि पाउदै आएको सुुविधा समेत खोसेको भन्दै स्थानीय आन्दोलित भएका हुन् । उनीहरुले आन्दोलनको पहिलो चरणको आन्दोलन अन्तर्गत आगामी असार दुुई गतेसम्मको विरोध कार्यक्रम सार्वजनिक समेत गरेका छन ।

    विरोधका कार्यक्रमहरुमा जेठ ३० गते जिल्ला प्रशासन कार्यालयमा धर्ना, ३१ गते सिमकोट बजार बन्द, असार १ गते सिमकोट नागरिक उड्यन प्राधिकरण शाखाको मुल गेटमा कालो पट्टी बाँधेर धर्ना तथा असार २ गते सिमकोट नागरिक उड्डयान प्राधिकरणको कार्यालय बन्दका कार्यक्रमहरु रहेका छन् ।

    हवाई भाडा वृृद्धिको विरोध कार्यक्रममा जिल्लाका सात वटै गाँउपालिका, नेपाल कम्युुनिष्ट पार्टी ( नेकपा), नेपाली काँगे्रेस, संघिय समाजवादी फोरम नेपाल, उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ, निर्माण ब्यवसायी संघ, होटेल ब्यवसायी संघ, प्राध्यापक संघ र नागरिक समाजको सहभागिता रहेको प्राध्यापक संघका अध्यक्ष बसन्त रोकायाले जानकारी दिए ।

    यस अघि हवाई भाडामा सिन्डिकेट भएको भन्दै सरकारले नेपालगंजबाट सिमकोटका लागि चार्टर फ्लाईट हटाएर नेपालगंजवाट सिमकोट र सिमकोटबाट नेपालगंजका लागि समान भाडादर सात हजार एक सय ९० रुपियाँ कायम गरेको थियो ।

    जुुन गत जेठ १० गतेवाट कार्यान्वयनमा आएको थियो । तर, यस अघिको दुुईतर्फी पाँच हजार दुुई सय ९० रुपियाँ हुुम्लावासीले पाउदै आएकोमा सहुुलियत फ्लाईटको भन्दा हालको भाडा बढाएको भन्दै यस अघि पनि दुुई तीन पटक ज्ञापन पत्र पेश गर्दा पनि कुुनै सुुनुुवाही नभएकोले मंगलबारबाट शान्तिपुुर्ण आन्दोलन सुुरु गरिएको उद्योग बाणिज्य संघका अध्यक्ष नाम्ग्याल तामाङले बताए । पहिलो चरणको आन्दोलन गर्दापनि सरकारले आफ्ना माग सम्बोधन नगरे आन्दोलनको आँधीवेहर िसिर्जना गर्ने तामाङले चेतावनी दिए ।

     

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...