News Portal

  • भक्तपुरमा राजधानी बनाउने बिषयमा बाझाबाझ

    नेपालवाल संवाददाताभक्तपुर, ३० जेठ
    ५२९५ पटक
    भक्तपुर, ३० जेठ

    भक्तपुर जिल्लाको स्थलगत अध्ययन गर्न आएको प्रदेश नं ३ को प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिको उपस्थितिमा भक्तपुरमा राजधानीको बिषयमा फेरि पनि मत बाझिएको छ ।

    मंगलवार बोडेस्थित कृषि विकास बैंकको तालिम हलमा आयोजित एक कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं (नेकपा ) का केन्द्रिय सदस्य महेश बस्नेतले भक्तपुर जस्तो उत्तम बिकल्प अरु नभएको जिकिर गरिरहँदा नेमकिपाकी प्रदेश सांसद सिर्जना सैजुले राजधानी भक्तपुरमा राख्न नहुने बताइन् ।

    उनले भक्तपुर मात्र नभई काठमाडौं वरीपरी पनि राजधानी राख्नु नहुने तर्क पेश गरिन् । उनले संसदले टुंगो लगाउने बिषय सडकमा ल्याएर काम नभएको समेत भनिन् ।

    नेपाली काँग्रेसका नेता निसान ढुंगेलले प्रदेश राजधानीको बिषयमा राजनीति गरिएको आरोप लगाए । भक्तपुरमा राजधानी हुनुपर्ने पहिलो आवाज नेपाली काँग्रेसले उठाएको स्मरण गर्दै ढुंगेलले तत्कालिन एमालेले यसलाई आफ्नै मुद्दा जस्तो गरि चुनावमा भोटको राजनीति गरेको आरोप लगाएका हुन् ।

    पूर्व माओबादी केन्द्रका जिल्ला इन्चार्ज एवं (नेकपा) का नेता देवेन्द्र श्रेष्ठ दिवाकरले प्रदेश राजधानीलाई प्रतिष्ठाको बिषय नबनाउन आग्रह गरे । कुन पार्टीले पहल लियो वा कुन नेताले कुरा उठाए भन्ने कुरामा अल्झन नहुने उनको तर्क थियो । राजधानीले उपलब्ध गराउने अवसर सबैले पाउने हो त्यसले सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने र प्रदेशले निर्णय गरे राजधानीको लागि तयार रहनुपर्नेमा उनको जोड थियो ।

    जिसस प्रमुख नवराज गेलालको अध्यक्षतामा संचालन गरिएको उक्त कार्यक्रममा नेकपाको तर्फ़बाट प्रदेश सांसद शशिजंग थापाले भक्तपुरलाई प्रदेश राजधानी बनाउन १० दलिल पेश गरेका थिए । पूर्व एमालेका जिल्ला अध्यक्ष एवं (नेकपा) नेता बचन देउजा ,पत्रकार महांघका जिल्ला अध्यक्ष पुस्कर बुढाथोकी, मध्यपुर थिमीेका मेयर, सूर्यविनायककी उपमेयर लगायतले भक्तपुर प्रदेश नम्बर ३ को स्थायी राजधानी हुने बिश्वास व्यक्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...