News Portal

  • ट्रिपरको ठक्करबाट जडीबुटीमा २४ बर्षिया महिलाको ज्यान गएपछि स्थानीय आक्रोसित

    नेपालवाल संवाददाताभक्तपुर, ३० जेठ
    २८३४ पटक
    भक्तपुर, ३० जेठ

    ट्रिपरको ठक्करबाट जडीबुटीमा एक महिलाको मृत्यु भएको छ । ट्रिपरले स्कुटरमा ठक्कर दिंदा महिलाको मृत्यु भएको हो ।

    बा ४ ख ३५५८ नम्बरको ट्रिपरले बा ७० प ९३९९ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ स्कुटरमा सवार महिलाको तत्कालै मृत्यु भएको छ । दुवै सवारी साधन भक्तपुरबाट काठमाडौं तर्फ जाँदै गर्दा उक्त दुर्घटना भएको हो ।

    मृत्यु हुनेमा रौतहटको सदरमुकाम गौर स्थायी घर भइ हाल काभ्रेको बनेपा बस्दै अाएकी २४ वर्षीय अस्मिता राजभण्डारी रहेको प्रहरीले जानकारी गराएको छ ।

    दुर्घटना र मृत्युको प्रत्यक्षदर्शीले यसलाई सहन गर्न सकिरहेका छैनन् । स्थानीयहरु आक्रोशित बनेका छन् । उनीहरुले ट्रिपरमा तोडफोड गरेर चित्त नबुझेपछि आगो लगाइदिएका छन् ।

    ट्रिपर चालक महानगरीय प्रहरी प्रभाग कोटेश्वरको नियन्त्रणमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...