News Portal

  • नयाँ पाठ्यक्रमप्रति नेवि संघको आपत्ति : तत्काल स्थगन गर्नुपर्ने लगायत ५ बुँदे माग ( पत्रसहित )

    नेपालवाल संवाददाताभक्तपुर, ८ असार
    १७२२ पटक
    भक्तपुर, ८ असार

    प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप -२०७५ को बिरोध गरेको छ । १२ कक्षासम्मलाइ माध्यमिक शिक्षा मानेर तयार पारिएको कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम प्रारुपको नेवि संघले बिरोध गरेको हो ।
    बिहीवार पदाधिकारीसहित सानोठिमीस्थित पाठ्यक्रम विकाश केन्द्र पुगेको नेवि संघको एक टोलीले पाठ्यक्रम विकाश केन्द्रका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । पत्रमार्फत बर्तमान सरकारले बदनियतपूर्वक यसलाई कार्यान्वनमा ल्याउन खोजेको आरोप लगाउदै तत्काल स्थगन गर्न माग गरिएको छ ।

    यो पाठ्यक्रम लागू भए बिदेशी बोर्ड र युनिभर्सिटीमा नेपाली विद्यार्थीले प्रवेश नपाउने र बिदेशी बोर्ड तथा युनिभर्सिटिमा नेपाली विद्यार्थीको आकर्षण बढ्ने नेवि संघको जिकिर छ ।

    दलबल सहित पाठ्यक्रम बिकाश केन्द्र पुगेको नेवि संघले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप -२०७५ को तत्काल स्थगन लगायत ५ बुँदे माग पेश गरेको छ । आफ्नो माग पुरा नगरे आन्दोलनमा उत्रने संघले चेतावनी दिएको छ । ध्यानाकर्षण पत्रसहित सरकार समय अनुसार चल्न नसकेको भन्दै सांकेतिक विरोधस्वरुप विद्यार्थीहरुले पाठ्यक्रम विकाश केन्द्रका निर्देशक कृष्ण काप्रीलाई क्याल्कुलेटर उपहारसमेत दिएका थिए ।

    महामन्त्री कुन्दनराज काफ्लेद्वारा पाठ्यक्रम बिकाश केन्द्रमा पेश गरिएको पत्र यस्तो छ ।

    हेर्नुस् पत्र

     

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...