News Portal

  • अरुण थापाको स्मृतिमा सांगीतिक श्रद्धान्जली सम्पन्न,११ वर्षीय अधिश्रीको स्वरमा आयो चोट के हो….

    नेपालवाल संवाददाताभक्तपुर, ६ साउन
    २३७३ पटक
    भक्तपुर, ६ साउन

    सदावहार गायक अरुण थापाको १९ औं स्मृति दिवसको अवसरमा सांगीतिक श्रद्धान्जली तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिवार भक्तपुरको राधेराधेस्थित अतिथि प्यालेसमा शुभारम्भ द म्युजिकल जर्नी नाम दिइएको उक्त कार्यक्रममा गायक थापाका दर्जनौ गीतहरुबाट उनको सम्झना गरिएको थियो ।

    थोरै गीत गाएर पनि धेरै लोकप्रियता हासिल गर्न सफल सुगम संगीतका अजर अमर गायक थापाको स्मृतिमा रागरागिनी इन्टरटेन्मेण्ट, भक्तपुर सांगीतिक समाज र बिनाता कला प्रतिष्ठानले संयुक्तरुपमा कार्यक्रम आयोजना गरेका थिए । उक्त अवसरमा गायक थापाको सर्वाधिक लोकप्रिय गीत ऋतुहरुमा तिमी….का गीतकार राजेन्द्र रिजाललाई ‘अरुण थापा स्मृति सम्मान’बाट सम्मानित समेत गरिएको थियो ।

    आफ्नो शब्दमा गायक थापाको जादूमय स्वरका कारण ऋतुहरुमा तिमी सर्वाधिक लोकप्रिय हुनपुगेको र विश्वकै उत्कृष्ट ७ मा पर्न सफल भएको स्मरण गर्दै गीतकार रिजालले थापाको स्वरमा पाश्चात्य र पूर्वीयपनको फ्युजनपूर्ण मीठास भएको दावी गरे ।

    त्यसैगरी थापाको सम्मानमा ११ वर्षीय उदीयमान गायक अधिश्री कसपालले रि-रेकर्ड गराएको अर्को कर्णप्रिय गीत चोट के हो ब्यथा के हो …लाई पनि उक्त अवसरमा बिमोचन गरिएको थियो ।

    आजको कार्यक्रम प्रस्तोता समेत रहेका साहित्यकार एवं चोट के हो ब्यथा के हो ..का गीतकार सुवासचन्द्र ढुंगेलले सुमधुर स्वरका धनी थापाले गाएको गीत रि – रेकर्ड गराएर बाल प्रतिभा कसपालले देखाएको साहस र सम्मानको प्रसंसा गरेका थिए ।

    रागरागिनी इन्टरटेन्मेण्टका अध्यक्ष तथा कार्यक्रम संयोजक कपिल कसपालको सभापतित्वमा संचालित कार्यक्रममा प्रमुख अतिथिको रुपमा वरिष्ठ चलचित्र निर्देशक चेतन कार्की उपस्थित भएका थिए । कार्कीले गायक थापासंगको यादहरुको स्मरण गर्दै गीत सुन्दा सेण्टिमेण्टल देखिए पनि उनी रसिक स्वभावका रहेको बताए । उनले गायक थापा स्वरका मात्र नभइ मनका पनि धनी भएका भनेका थिए ।

    कार्यक्रमका आयोजक एवं सभापति कपिल कसपालले पुराना पुस्ताको सम्मानबाट नै नयाँ पुस्ताले सिक्ने बताउदै पुराना पुस्ताको बिडोँ थाम्ने अभिभारा नयाँ पुस्ताको काधमा आएको जिकिर गरे । उनले अहिले बजार डिजिटलाइज भएको र श्रष्टा र सर्जक भन्दा पनि व्यवसायीहरु मोटाउने स्थिति बनेको भन्दै श्रम शोशाणको अन्त्य हुनुपर्नेमा जोड दिए ।

    उक्त अवसरमा विश्व बल्लव , दीपक खरेल , प्रकाश सायमी , मुरारी सिग्देल , माइक खड्का , अजर जंगम , प्रविन शाही , बद्रि नारायण ताम्राकार ,मीना निरौला, विजय कायस्थ,सत्य नारायण मानन्धर, लक्ष्मण पालिखेल , रोजी श्रेष्ठ लगायत गीत संगीतका सर्जक र पारखीहरुसमेत १ सय बढीको उत्साहप्रद सहभागिता रहेको थियो ।

    कार्यक्रमकाे सफलताबाट उत्साहित आयोजकले यसपछि निकट समयमै गायक दीपक खरेल एकल साँझ गर्ने योजना भएको समेत जानकारी दिए । ”गठ्ठाघर निवासी गायक खरेलले यसको लागि आजै पनि वचन दिनुभएको छ । हामी छिट्टै मिति तोकेर कार्यक्रम गर्ने तयारीमा छौ ।” रागरागिनी इन्टरटेन्मेण्टका अध्यक्ष कपिल कसपालले नेपालवालसंग भने ।

    प्रतिकृया दिनुहोस्

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...

    भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक

    भक्तपुरका सफल व्यवसायी, युवा समाजसेवी, स्वतन्त्र अभियन्ता एवं खेलाडी श्रीभक्त कासिछ्वालाई मातृशोक परेको छ ।...