News Portal

  • मन्त्री बन्दै फरार अभियुक्त

    जनकपुर, ८ साउन
    ७३४ पटक
    जनकपुर, ८ साउन

    राष्ट्रिय जनता पार्टी (राजपा) ले तीन हत्या अभियोगमा फरार अभियुक्त अभिराम शर्मालाई प्रदेश २ को राज्यमन्त्री बनाउन मुख्यमन्त्री लालबाबु राउतसमक्ष सिफारिस गरेको छ । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले उनलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त गर्न सोमबार सिफारिस गरेका हुन् ।

    मधेस आन्दोलनका बेला जलेश्वरमा घाइते भएका हवल्दार थमन विकलाई उपचार गराउन प्रहरीले लैजाँदा गर्दा बाटामै रोकी एम्बुलेन्सबाट थुतेर हत्या गर्ने काममा शर्माको संलग्नता पुष्टि भएको भन्दै अदालतले उनलाई पक्राउ गर्न प्रहरीलाई आदेश गरेको थियो । तर प्रहरीले उनलाई फरार रहेको भन्दै हालसम्म पक्राउ गरेको छैन । ‘प्रहरीका आँखामा फरार रहे पनि उनी मधेसमा खुलमखुला हिँडिरहेका थिए,’ राजपाका एक नेताले भने, ‘अब त मन्त्री नै हुने भए, कसले पक्रने ?’ उनी महोत्तरी ३ (क) क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

    शर्माका साथै प्रदेश २ मा राजपाले उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा सुरेश मण्डल र भौतिक पूर्वाधार राज्यमन्त्रीमा डिम्पल झालाई पठाउने निर्णय गरेको छ । झा, राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाकी पत्नी हुन् ।बाटोमै रोकी एम्बुलेन्सबाट थुतेर हत्या गर्ने काममा शर्माको संलग्ना पुष्टि भएको भन्दै अदालतले उनलाई पक्राउ गर्न प्रहरीलाई आदेश गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...