News Portal

  • नयाँ परीक्षा नियन्त्रकको ऐतिहासिक तयारी : बिहीवार विहानै कक्षा १२ को सवैको नतिजा निस्कदै

    बाबुराम दाहालभक्तपुर, १६ साउन
    २५१० पटक
    भक्तपुर, १६ साउन

    राष्ट्रिय परीक्षा बोर्डले बिहीवार कक्षा १२ को परीक्षाफल प्रकाशन गर्ने भएको छ । परीक्षाफल प्रकाशनको प्रयोजनको लागि बिहीवार विहानै बोर्ड बैठक बोलाइएको जानकारी प्राप्त भएको छ ।

    स्रोतका अनुसार विहान ७ बजे बोर्ड बैठक बोलाइएको छ । बैठक सकिए लगत्तै नतिजा सार्वजनिक हुनेछ ।

    यसपटक बोर्डले निरन्तरतामा क्रम भंग गर्दै कक्षा १२ को सवै संकायको नतिजा एकैपटक सार्वजनिक गर्न लागेको समेत श्रोतले बताएको छ । यस अघि दुइ चरणमा नतिजा प्रकाशन हुदै आएको थियो ।

    परीक्षा एकैपटक भए पनि पहिला बिज्ञान बिषय लिएर पढेका विद्यार्थीहरुको परीक्षाफल प्रकाशित हुने र त्यसको केहि साता पछि अन्य परीक्षार्थीहरुको परीक्षाफल प्रकाशित हुने परम्परा यस बर्षबाट तोडिने भएको हो ।

    बोर्डको नयाँ परीक्षा नियन्त्रकमा कृष्ण शर्मा नियुक्त भए संगै भोली हुनलागेको परीक्षाफल प्रकाशन यस अर्थमा ऐतिहासिक समेत हुने भएको छ ।

    कक्षा १२ को परीक्षामा करिव ४ लाख विद्यार्थी सहभागी छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...