News Portal

  • निर्मल लामा बहुप्राविधिक शिक्षालयको उद्घाटन,उत्पादनमूलक शिक्षामा मन्त्रीको जोड

    महोत्तरी, २ मंसिर
    १८२२ पटक
    महोत्तरी, २ मंसिर

    महोत्तरीको बर्दिवास नगरपालिका–११ खयरमाराको सुन्दरबस्तीमा निर्मल लामा बहुप्राविधिक शिक्षालयको उद्घाटन गरिएको छ ।बामपन्थी नेता निर्मल लामाको स्मृतीमा सीटीइभीटीको आंगिक संस्थाकोरुपमा स्थापित उक्त शिक्षालयको एक कार्यक्रमकाबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गरेका हुन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले उत्पादनमूलक शिक्षा अहिलेको आवश्यकता रहेको बताए ।

    उनले शिक्षालाई उत्पादन र उत्पादनलाई समृद्धिसँग जोडेमात्र मुलुकको विकासले गति लिनेमा जोड दिए । श्रमलाई सीप, सीपलाई शिक्षा र प्रविधिसँग जोडे मात्र मुलुकमा समृद्धि आउने मन्त्री पोखरेलको भनाइ थियो ।

    सामुदायिक विद्यालयको अवस्था खस्किएकाले अब यसलाई उकास्न स्थानीय पहलकदमी बढ्नपर्ने पोखरेलले प्रष्ट पारे । विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना नगरे अब स्थानीय तह पनि कारवाहीको भागिदार हुने भन्दै मन्त्री पोखरेलले स्थानीय प्रतिनिधिको ध्यानाकर्षण गराए ।

    नयाँ सञ्चालनमा आएको बर्दिवास–११ खयरमाराको सुन्दरबस्तीस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयले प्रदेश नं २ कै प्रतिनिधित्व गर्ने र दक्षजनशक्ति उत्पादन गर्ने कार्यक्रममा जानकारी दिइएको छ ।

    यस शिक्षालयमा पाँच विषयमा पठनपाठनको व्यवस्था गरिएको शिक्षालयका प्रमुख दुःखीराम महराले जानकारी दिए । डिप्लोमा सिभिल इञ्जीनियर, सर्भे इञ्जीनियर, वन विज्ञान, होटेल म्यानेजमेण्ट, डिप्लोमा फुड एण्ड डेरी टेक्नोलोजी पठनपाठन हुने प्रमुख महराको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...