News Portal

  • भक्तपुरको सडक दुर्घटनामा परि सिन्धुपाल्चोकका २३ वर्षिय श्रेष्ठको मृत्यु

    नेपालवाल संवाददाताभक्तपुर, २० मंसिर
    १००० पटक
    भक्तपुर, २० मंसिर

    गए राति लोकन्थलीमा सडक दुर्घटनामा परि मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडी सवार व्यक्ति घाइते भएका छन् ।

    मध्यपुरथिमी-१ लोकन्थलीस्थित अरनिको राजमार्गमा काठमाण्डौबाट भक्तपुर तर्फ आउदै गरेको बा.९३ प.१४१९ नं को मोटरसाइकल दुर्घटना भएको हो । रातको करीव पौने १२ बजे भएको उक्त दुर्घटनामा परि चालक सिन्धुपाल्चोकको जुगल गाउपालिका -४ बस्ने बर्ष २३ को कुमार श्रेष्‍ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतीरमण पोखरेलले पुष्टि गरेका छन् ।

    रातको समयमा मोटरसाइकल आफै अनियन्त्रित भई सडक छेउको रेलिङमा ठक्कर खान जाँदा घाइते भएका मोटरसाइकल चालक २३ बर्षिय कुमार श्रेष्‍ठको नागरीक अस्पतालमा राती नै ज्यान गएको जानकारी प्राप्त भएको छ । मोटरसाइकल पछाडी सवार बर्ष २५ को राज कुमार श्रेष्‍ठको अवस्था सामान्य रहेको र उनको अहिले सोही अस्पतालमा उपचार भैरहेको बताइएको छ ।

    मध्यरातमा घाइते भएका दुवै जनालाई प्रहरी टोलीले उद्दार गरी उपचारको लागि नागरिक अस्पताल पुर्याएको थियो । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...