News Portal

  • भक्तपुरमा दीपक खरेलको सांगीतिक साँझ हुने मिति तय : सुन्नुस् केहि प्रतिनिधि गीत

    नेपालवाल संवाददाताभक्तपुर, ३ पुस
    १२८८ पटक
    भक्तपुर, ३ पुस

    तिम्रो त्यो हसिलो मुहारको, झझल्को जब आउछ ….भन्ने बित्तिकै “मेलोडी किङ” दीपक खरेलको याद आइहाल्छ । यी र यस्ता धेरै सदावहार गीत गाएका खरेलले पुसको जाडोमा चिसिएको भक्तपुरलाइ गीत संगीतले तताउने भएका छन । यसै महिना भक्तपुर सांगीतिक समाजको आयोजनामा भक्तपुरमा गायक दीपक खरेलको एकल सांगीतिक कार्यक्रम “दीपक खरेल साँझ -२०७५” हुने भएको छ ।

    भक्तपुरको सल्लाघारीस्थित इम्पेरियल वेङ्क्वेटमा मंगलवार पत्रकार सम्मेलन गरी “दीपक खरेल साँझ -२०७५” हुने बारे जानकारी दिइएको हो । कार्यक्रम यहि पुस २८ गते हुने बताइएको छ ।

    भक्तपुर सांगीतिक समाजको आयोजनामा भक्तपुरको सल्लाघारीस्थित इम्पेरियल वेङ्क्वेटमा हुन गइरहेकाे सो कार्यक्रममा नेपाली सुगम संगीतमा “मेलोडी किङ”को रुपमा परिचित दीपक खरेलले आफ्ना चर्चित गीतहरु मध्येबाट १५ गीतहरु प्रत्यक्ष संगीतमा पस्किने जानकारी गराइएको हो । बाद्यबादनमा नेपालको चर्चित ब्याण्ड “द लिजेण्ड ब्याण्ड”ले गायक खरेलको प्रस्तुतिमा साथ् दिने जानकारी प्राप्त भएको छ भने कार्यक्रमको सफलताको लागि कुनै पनि प्रकारको सहयोग गर्न तयार रहेको इम्पेरियलका प्रमोटर तथा युवा उद्यमी रोमन सिलाकारले प्रतिबद्धता प्रकट गरेका छ्न ।

    गत साल स्वर सम्राट नारायण गोपालको सम्झनामा “नारायण गोपाल स्मृति साँझ- २०७४” को सफल आयोजनाबाट प्रेरित भएर समाजले यस वर्ष “दीपक खरेल साँझ-२०७५” गर्न लागेको समाजका अध्यक्ष प्रविण शाहीले बताए । पत्रकार सम्मेलनमा उपस्थित गायक खरेलले “पुरानालाइ‌ सम्मान र नयाँलाइ प्रोत्साहन” को‌ समाजको अभियानलाइ सहयोग गर्ने उदेश्यले आफूले प्रस्तुती दिन लागेको र नयाँ पुस्ताले बिर्सदै गइरहेको सुगम सङ्गीतको उत्थानलाई पनि यस्ता कार्यक्रमबाट थप टेवा मिल्ने बिचार ब्यक्त गरे।

    समाजका सल्लाहकार तथा बरिष्ठ रचनाकार सुवासचन्द्र ढुङ्गेलले  खरेलजस्तो कहलिएका कलाकारको प्रस्तुतिले भक्तपुरको सांगीतिक विकासमा थप जोड मिल्ने र कार्यक्रमलाई सबैतिरबाट सहयोग प्राप्त हुने विश्वास ब्यक्त गरे।

    दिपक खरेल साँझका संयोजक तथा समाजका सचिव अल्बर्ट बज्राचार्यले बिगत्को कार्यक्रममा झै यस पटक पनि सबै दर्शक श्रोताहरुले भक्तपुर सांगीतिक समाजको प्रयासलाई साथ दिन अनुरोध गरेका थिए भने मिडिया संयोजक सुमन रन्जितकारले समाजको हालसम्मको गतिबिधीबारे जानकारी गराएका थिए । उक्त कार्यक्रमको संचालन समाजका उपाध्यक्ष कपिल कस्पालले गरेका थिए ।

    तलको लिंकमा गएर सुन्नुस् खरेलका केहि प्रतिनिधि गीत

    https://youtu.be/ugeHHTznxQA

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...