News Portal

  • ७ दिन भित्र चिनीमिल खोल्न चेतावनी, नखोले मेयर नै आन्दोलनमा

    प्रेमनाथ पाैडेलसर्लाही, २१ पुस
    १००२ पटक
    सर्लाही, २१ पुस

    सरकारले बिहीबार निर्धारण गरेको मुल्यमा चिनी कारखाना संचालन गर्न नसक्ने उद्योगिले बताइ रहदा सर्लाहीका किसानले भने सात दिन भित्र मिल संचालन नगरे आन्दोलन गर्ने घोषणा गरेका छन ।

    शुक्रबार हरिवन बजारमा हरिवन नगरपालिकाका मेयर तथा उपमेयर सहितको किसानको टोलीले उक्त चेतावनी दिएको हो । मेयरसहितको टोलीले र्‍यालीपछि इलाका प्रसासन र्कायलय हरिवन मार्फत अर्थ मन्त्रालय, कृषि मन्त्रालय, उद्योग मन्त्रालय र नेपाल चिनी उद्योग संघलाई ज्ञापन पत्र पठाएको छ ।

    इलाका प्रसासन कार्यालय हरिवनमा पुगि प्रसासन कार्यालयका प्रमुख दिपक कुमार आचार्य समक्ष उखु किसानका अगुवा नेता स्थानीय जनप्रतिनिधि सहितको टोलिले ज्ञापन पत्र बुझाएको हो ।

    ज्ञापन पत्रमा आब २०७४-२०७५ को मुल्य प्रति क्विण्टल ५३६।५६ पैसा तोकिएको भएपनि हाल सम्म अनुदान वापतको ६५।२८ पैसा तुरुन्त दिनु पर्ने र बाँकि रहेका बक्योता रकम तुरुत भुतानी दिनु पर्ने आब २०७५-२०७६ को लागि ५३६।५६ पैसा हुनु पर्ने र उद्योग सात दिन भित्र संचालन गर्नु पर्ने माग गरिएको छ ।

    कार्यक्रमा हरिवनका मेयर गणेश प्रसाइ, उप मेयर रेनुका पौडेल त्यसैगरी नेतहरु बिदुर कुमार प्याकुरेल ,राजकुमार उप्रेती ,कमल बुढाथोकी ,बेद बहादुर बुढाथोकी, कोकिला नन्द उप्रेती, चुडामणी वाग्ले तथा उखु सम्वन्धी बिभिन संघ संस्था र किसानको उपस्थिती रहेको नेपाल उखु उत्पादन महासंघका अध्यक्ष कपिल मुनि मैनालीले बताए ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...