News Portal

  • सपना भित्रका सपनाले जगाएका सपनाहरु

    अल्किना बम

    अल्किना बम
    १९६७ पटक

    ती दिनहरु सम्झिदा अहिले पत्यार लाग्दैन । जतिबेला समाजलार्इ उलटपुलट पार्ने सानो सपनाकाे त्यान्द्राे बोकेर एउटा यात्राको थालनी गर्दै थिए म । लाग्थ्यो हाम्रो पुर्खाको जीवन जसरी चलेको छ, त्यसरी नै हाम्रा जीवन पनि कुनै न कुनै बाहनामा चलि नै रहन्छ होला । ‘जीवनस्तर अलि माथि उठाउ’ यस्तो कहिल्यै सोचिएन । अनि अाफ्नाे भन्ने पनि कहिल्यै साेचिएन । मेराेतिर पनि लागिएन । साेचियाे त याे समाज उल्ट्याउने । मेराे समाज उल्टयाएर हाम्राे समाज बसाउने । सबैकाे जीवन सुखी बनाउने । के के थिए सपनाहरु । के के थिए अाशाहरु । पूराका पूर मनभरि सपनै सपना । अाशा नै अाशा ।

    तर, अचम्म लाग्छ । के ती सबै मेरै जीवनले भाेगेका हुन् ? यही जीवनले देखेका सपना हुन् ? के ती सपना केवल सपना मात्रै थिए ? प्रश्न उब्जन्छन मनमा कहिलेकाहिँ ।

    आखिर आफुले गरेको कामप्रतिको सन्तुष्टी बाहेक अरु केही त हुँदोरैनछ । जीवन संघर्षबाट त्यही सिकेकी छु । युद्धयात्राबाट त्यही सिके । कहिलेकाही मनमा प्रश्नहरु उब्जिराखे पनि मनमा कहिल्यै पछुतो लागेन अाफू हिडेकाे यात्राकाे । सपना अनेकौ देखिएका थिए र छन् । अनि रहरहरु पनि अनेकौ जागेका थिए र छन् । सपनाहरु अनि रहरहरु देखिन्छन जाग्छन । केवल यति हाे तिनलार्इ सबैले टिप्न सक्दैनन । अाफ्नाे बनाउन सक्दैनन । यथार्थमा बदल्न सक्दैनन । अाखिर मानव जीवन सपना नै सपनाबाट त विकसित भएर यहाँसम्म अाइपुगेकाे हाे । सपना नदेखिदाे हाे त त्याे बाँदर अाज ब्रम्हाण्डमा अर्काे जीव खाेज्न कसरी सक्दाे हाे ।

    जतिबेला म याे यात्राको थालनी गर्दै थिए त्यतिबेला मेराे उमेर सानै थियाे । तर, अाज गर्व लाग्छ मैले त्यतिबेलै अाफूलार्इ एउटा गाैरवपूर्ण यात्रामा समाहित गरिछु । जीवन परिबर्तनका सपनाहरु देख्न लगाइछु अाफैले अाफूलार्इ । त्याे संयाेग थियाे वा अावश्यकता थियाे वा बाध्यता तर मेराे जीवनमा ठाेक्किन त ठाेक्कियाे । त्यसैले अहिले पनि गर्व लाग्छ म हिडेकाे त्याे बाटाे । भाेगेकाे त्‍याे जीवन ।

    बाँचिन्छ या मरिन्छ त्यसको कुनै ठेगान थिएन । समयसँग हामी आफै अपरिचित थियाै । तर अठाेट भने कहिल्यै नडगमगाउने सतिसाल उभिएकाे थियाे मनभित्र । साेचेका थियाै पक्कै पनि दिनहरु बदलिनेछन । समय बदलिनेछ । समाज बदलिनेछ । राज्य बदलिनेछ । अन्तत: मानव जाति नै बदलिनेछ । हामी लाग्थ्याे हामी मानव जातिलार्इ बदल्ने युगिन यात्री हुनेछाै ।

    साँच्चिकै ती दिनहरु रहरलाग्दा दिनहरु थिए । ती पलहरु अविस्मरणीय थिए । जीवन बाँच्नुको अर्थबाेध भएकाे थियाे । समयले सिकाएको हरेक व्यक्तिलार्इ अाफू हुनुकाे अर्थ । अाफ्नाे अहम भूमिका । अनि समाजप्रतिकाे दायित्व । अाज पनि ती क्षणहरु ताजै लाग्छन् ।

    अनौठो नमान्नु होला ती दिनहरु हामीले भाेगेका वास्तविक दिन थिए । म जीवन यात्राका डोबहरु चलाएर आफ्नो जीवनलाई सुन्दर देखाउने सपनाहरुको भोकाे थिए । मेरा पैतलाहरु त्यही विरासतहुँदै गुज्रेर अाए । सानो हुँदा बुनेका सपनाहरुले मलाई कहिल्यै निदाउन दिएनन । हामीले युद्धमा आफ्नो जीवनलाई समर्पित गरेका हाै । अहिले सोच्दा पत्यार नलाग्ला तर हामीले अाफूलार्इ त्याे युद्धभन्दा किन्चित पनि दायाँबाँया साेचेनाै । अलग साेचेनाै । आफ्नो जीवनको कुनै पनि समय जनयुद्धबाट अलग हाेला भन्ने साेच्दै साेचनाै । आज पनि त्यो जीवनका अनौठा तर चाखलाग्दा संघर्षका सुन्दर डोबहरुमा अाफूलार्इ पाउँछु । अहिले पनि उस्तै मानिरहेकी छु । जीवन एक यात्रा हो, अझ त संघर्षकाे यात्रा हाे । त्यही लागेर नै मैले त्यो यात्रालार्इ जीवनकाे सुरुवाती यात्रा मानेकी हुँ।

    मैले समयसँग कहिल्यै गुनासो गरिन । किनकि समय यस्तो थियो कि जहाँ मेराे भन्ने केही थिएन । यात्रामा अाउने अनेकाै अवराेध, हण्डर ठक्कर सबै सहज लाग्थे । जीवनपद्धति नै बनेकाे थियाे ।  आफुसँग एउटा घाईते जीवन बाहेक अरु केही थिएन । म आफै आफ्नो जीवनको बारेमा आफै सोच्ने अबस्थामा थिएन । साँच्चिकै भन्दा हाम्राे कुनै पनि कुरा व्यक्तिगत थिएन । साेचाइकाे त्याे लेवल हामीसँग थियाे त्याे बेला । समयसँगको लेखाजोखा गर्ने हाम्राे साेच नै थिएन । मेरो आफ्नो भनिएको यही जीवन पनि आफ्नो थिएन । किनकि म समाज परिबर्तनको महान बाटोमा थिए । त्यो बाटो मेरो थियो तर म आफ्नो लागि बाँचेकाे थिइन । देशका लागि, परिवर्तनको लागि थियो । र त म समाजकै लागि भए आफ्नो जीवन त्यो यात्रामा समर्पित गरे । समाज सुखी हुने सपनामा अनेकाै अनुभुती बटुलेर जीवन जिउने कला सिके । र म अाज आफ्नो यात्राको बारेमा दुनियाँका अगाडि अाज गर्वले भन्न सक्छु । र यसैमा खुसी पनि छु ।

    मलाई लाग्छ । आजसम्मका उपलब्धीलाई मैले मेरो जीवनका रहेक पाईलासँग जोडेर हेरेकी छु । पछुतो कत्ती पनि छैन । जीवन एक अनुभब हो । त्यो युद्ध यात्राको होस् या जेल जीवनको होस् सबै यी अनुभवहरुलाई सगाल्नु र यी अनुभुतीलाई सुरक्षित गर्नु बाहेक मसँग अहिले अरु केही छैन । एउटा गन्तब्यमा पुग्न अझै पनि बाँकी छ । म एल्लैले होइन, थुप्रै यात्रीहरु मसँगै जोडिएर आएका छन् । ती यात्रा भित्रका मेरा दौतरीहरु आज कोहि मसँग रहेनन् । केहीले यो यात्राको निम्ती आफ्नो जीवनलाई यो देशको निम्ति अाहुती दिए । यो संसारबाट बिदा भए । त्यहि तातो रगतले सजिएको यो बाटो हाे । म आफ्नो जेल जीवनबाट बाँकी रहेको जीवनलाई यो यात्रामा जोडिरहेकी छु । यो मेरा लागि सौभाग्य हाे । त्यही ठानेर आज यो यात्रामा निरन्तर हिडिरेकी छु ।

    जेल नेल खानु र यो यात्रामा बलिदानी दिनु मेरो आफ्नो लागि थिएन । मैले रोजेको यो यात्रामा मेरो वर्गको निम्ती र मेरो संसार बदल्ने लक्ष्यका निम्ति थियो । त्यसैले हो मैले आफ्नो यात्रा बीचमा आएका सबै कठिनाईलाई आज सहजरुपमा यो संसार बदल्ने यात्रीहरुको बीचमा निर्धक्क तरिकाले सुलाउँदै हिडेकी छु मानौकि कुनै एउटा एकादेशका कथा जस्तै भएका मेरा ती कथाहरुलाई मैले जिबितरुपमा साचेर आज देनियाँ सामु भन्ने गरेकी छु । हामीले यो यात्रामा भोगेका कथाहरु आज यो समाज र देशको निम्ति भनेर त्याग गरेका छौ तर दुनियाँमा कोही यस्ता स्वार्थी मानिसहरु छन् जसले यो दुनियाँलाई बुझ्न नसकेर आफु नै खाल्डोमा पुरिने गरेका छन् । मैले त यो यात्रा रोज्नुमा एक पटकको लागि यो देशको निम्ति आतङ्ककारीको रुपमा स्थापित भए पनि अहिले यो दुनियाँले बाहिरी मनले भन्न नसकेको भए पनि भित्र मनले गणतन्त्र आउनु र यो देशले यतिसम्मको परिवर्तनको बाटो बदल्नु आखिर हाम्रै योगदानले हो भन्ने कुरा दुनियाले बुझेका छन् तर भन्न सकिरहेको छैनन् यो नै मेरो र मेरो पुस्ताको उपलब्धी हो भनेर मैले खुसी मानेकी छु ।

    मैले यो समाज परिवर्तनको बाटो निम्ति के त्यागिन बाबाआमा दाजुभाई र आफ्नो जीवनका महत्वपूर्ण मानिएका मेरा सहयात्री आखिर यी सबै यो देश परिबर्तनको निम्ति थिए आज दुनियाले जे जसरी बुझे पनि मेरो यो यात्राको महत्व मेरो वर्गले बुझेको छ र आज म यो यात्रामा थप हौसला प्राप्त गरेकी हुन्छु त्यसैले आज दुनियाँ सामु यो मेरो शिर निउराउनु परेको छैन । म आफै पनि एउटा यात्राको निम्ती जीवन समर्पीत गरेर हिडेकी एउटा यात्री हु यो यात्रामा आउने सबै दुख कष्टलाई सहजै मानेर हिडिरहेकी छु । लाग्छ यो बर्ग र मेरो सपनाको यात्रा जब सम्म सफन हुदैन तबसम्म म आफु सपनाको यात्राबाट बिचलित नहुने प्रण गरेकी छु ।

    मैले हिडेका ती सुन्दर बाटाहरु आज पनि गाैरवपूर‍्ण छन । मेरा लागि र मेरा सहयात्रीहरुको लागि पर्खाईमा छन् । म पनि ती पैतलाका छापहरुलाई दिन गिन्तीको रुपमा कुरिरहेकी छु आज । एउटा ढुकुरको जाेडीले आफ्नो प्रेमीलाई पर्खेर बसे जसरी आज मेरा सहयात्रीको निम्ति त्यो दिनगिन्तीको रुपमा म आफु जहिले पनि आतुर भएकी छु । भन्न मन लाग्छ प्रिय सहयात्रीका मनहरुमा आज म उस्तै छु र तिम्रा कोमल मनहरु पनि मैले पनि उस्तै मानिरहेकी छु ।

    हाम्राे यात्रा रोकिएको पटक्कै छैन । लक्ष्य प्राप्तिका लागि अनेकौ तयारी चलिरहेका छन । कुनै दिन यो संसारमा हामीले विजयको नारा लगाउनेछाै । म त्यो यात्राबाट अलिकति पनि बिचलित छैन । म संसार बदल्ने यात्रामा छु । मेरोे राजाईको संसार प्राप्त नहुन्जेल यात्राबाट म विचलित हुने छैन । तबसम्मको लागि यो यात्रा मेरो जीवनको यात्रा जसरी चलेको छ त्यसरी नै अन्तिमसम्म चलाउने प्रण गरिरहेकी छु ।
    अस्तु

    प्रतिकृया दिनुहोस्

    भक्तपुरका भँडेल बने भौतिक पूर्वाधारमन्त्री

    काठमाडौं । भक्तपुर क्षेत्रनम्बर १(क)का प्रदेश सांसद कृष्णलाल भँडेल बाग्मती प्रदेश सरकारमा भौतिक पूर्वाधारमन्त्री बनेका...

    चाँगुमा पत्रकार : काँग्रेस उपसभापतिमा दुलाल असफल, एमाले उपाध्यक्षमा बास्तोला निर्विरोध

    yaya ram bastola sanjeev dulal

    भक्तपुरमा राजनीतिक दलको नेतृत्व तहमै पत्रकारहरुको प्रभाव देखिएको छ । सत्तारुढ दल नेपाली काँग्रेस र...

    भक्तपुरका दुई नगरपालिकामा प्रेस सेन्टरको शाखा बिस्तार

    प्रेस सेन्टर नेपालले भक्तपुर जिल्लाका दुई नगरपालिकामा शाखा बिस्तार गरेको छ । बुधवार सूर्यविनायक र...

    विद्युतीय यातायातलाई सरकारले प्राथमिकता दिन्छ : मन्त्री भुसाल

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय यातायातलाई सरकारले प्राथमिकतामा दिने दावी गरेकी छन् ।...

    सेनाले बनायो रातमा पनि अवतरण गर्न मिल्ने हेलिप्याड

    जाजरकोट । जाजरकोटमा नेपाली सेनाले रातमा पनि हेलिकोप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण गरेको छ...