News Portal

  • हाेटल हायातका गोल्डेन योजनाहरु अलपत्र

    १६ माघ २०७५
    १३२५ पटक
    १६ माघ २०७५

    काठमाडौं । सरकारको शेयर घटेको विषयलाई विवादमा तानिएका कारण काठमाडौंको बौद्धमा रहेको होटल हायातलाई देशको पर्यटन विकासमा योगदान पुर्याउन घोषणा गरेका ठूला प्रोजेक्टहरु अगाडि बढाउन बाधा पुगेको जनाएको छ । सरकार, निजी क्षेत्र र सर्वसाधारणको करोडौको शेयर रहेको मुलुककै व्यवस्थित र नमूना मानिएको होटेल हायातमा जवरजस्त विवाद तान्न खोजिएपछि निजी क्षेत्रका केही अगुवाहरु झस्किएका छन् । उनीहरु यो विवाद प्रायोजित रहेको अनुमान गर्न थालेका छन ।

    २०५७ सालबाट सञ्चालन आएर सुरुका ७ वर्षसम्म घाटामा गएकाले बन्द गर्ने अवस्थामा पुगेको होटेल हायात पछिल्लो समय देशकै सबैभन्दा बढी पर्यटक भित्र्याएर सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्नुका साथै बढी कर तिरेर सरकारबाटै पुरस्कृत भइरहेको छ । नेपालमा सबैभन्दा धेरै पर्यटक भित्र्याएको र सबैभन्दा धेरै कर तिरेको भन्दै आर्थिक वर्ष २०७१/७२ र २०७३/७४ पुरस्कृत भएकाे थियाे । हायातका जनसम्पर्क निर्देशक गोविन्दराम परियार यस वर्ष पनि हायातले सबैभन्दा पर्यटक भित्र्याएको र बढी कर तिरिरहेको दावी गर्छन् । देशभित्र विकासका केही नमूनाहरु देखाउनु परे वा ठूला उच्च स्तरका केही कार्यक्रमहरु गर्नु परे हायातले साथ दिइरहेको उनको भनाई छ । त्यसैले उनी यसको प्रवध्र्दनको लागि सर्वपक्षीय सहयोग हुनुपर्ने बताउँछन । भन्छन्, “हायात पब्लिक प्राइभेट पार्टनरसिपको एक उच्च नमूना हो । यो कुनै व्यक्तिको मात्र नभई सिंगो राष्ट्रकै गौरव हो । यसमा नेपाल सरकार, वैदेशिक लगानी, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था र सर्वसाधारणको करोडौ शेयर छ ।”

    यसरी सुरु भएको थियो हायात

    होटल हायात तारागाउँ रिजेन्सी होटल्स लिमिटेड नामक पब्लिक कम्पनीले चलाइरहेको छ । कम्पनी रजिष्ट्रार कार्यालयमा २०४९ सालमा यो कम्पनी स्थापना गरिएको थियो । जतिबेला पञ्चायति व्यवस्थाको जगजगीबाट भर्खरै देश मुक्त भएको थियो भने निजी क्षेत्रका संरचनाहरु बल्लबल्ल खुल्न थालेका थिए । एकातिर होटलहरुको ठूलो विकास नै नभएको, भएका ठूला होटेलहरु पनि सबै सत्ता र शक्तिमा रहेका शक्तिशाली व्यक्तिहरूको एकाधिकार चलेका बेला पब्लिक, प्राइभेट पार्टनरसीपमा व्यवस्थित पाँचतारे होटल खोल्न यो कम्पनी दर्ता भएको थियो ।

    सोही लक्ष्य अनुरुप तत्कालीन तारा गाउँ विकास समितिले पब्लिक, प्राइभेट पार्टनरशिपको अवधारणा अनुसार नेपाली संस्कृति झल्किने पाँचतारे होटेल खोल्न ग्लोबल टेन्डर आह्वान गर्यो । त्यसमध्ये सराफ तथा श्रेष्ठ समूहको प्रस्ताव उत्कृष्ट भएर छनौट भएपछि कम्पनी दर्ता गर्ने र अन्य सम्झौताका कामहरु अगाडि बढे । तत्कालीन मन्त्रिपरिषदले पर्यटन मन्त्रालय मातहतमा रहेको तारा गाउँ विकास समितिको स्वामित्वमा रहेको ३०४ रोपनी जग्गामा यो प्रोजेक्ट सुरु गर्न स्वीकृति दियो । Joint Venture Agreement अनुसार तारागाउँको ३०४ रोपनी जग्गामध्ये १५० रोपनी जग्गाको एरिया होटल बनाउन प्रयोग भयो । बाँकी १५४ रोपनी जग्गा ४९ वर्षका लागि कम्पनीलाई भाडामा दिइयो । जुन जग्गा वापत अहिले पनि होटलले भाडा मात्र तिरिरहेको छ । होटलको सञ्चालक समितिमै रहेको भए पनि तारागाउँ विकास समितिकै कारण होटलले भाडामा लिएको त्यो जग्गालाई थप उपयोगमा ल्याउन सकेको छैन । तीन वर्षदेखि उक्त एरियामा हेटेलले केही नयाँ परियोजना प्रस्ताव गरेको छ । जसमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक एक्जिव्यूसन, इभेन्ट, कन्भेन्सन सेन्टर, सेन्ट्रल अटोमेटेड लाउन्ड्री सुविधा, ३०० देखि ४०० कोठाको एउटा बिजिनेश होटल तथा तारागाउँ सांस्कृतिक तथा पर्यटनस्थल बनाउने योजना होटेलले ल्याएको छ । ती सबै येजनाको प्रारम्भिक डिजाईन समेत होटेलले तयार गरेर स्वीकृतिका लागि तारागाउँ विकास समितिलाई पठाइसकेको छ । जनसम्पर्क निर्देशक परियार त्यसलाई स्वीकृत गर्नका लागि होटेलले तारागाउँलाई पटक पटक आग्रह गरेको भए पनि समितिबाट सहयोग नभएको बताउँछन३ । जसका कारण राष्ट्रको पर्यटन उद्योगको प्रवध्र्दनमा कोसेढुंगा सावित हुनसक्ने यी परियोजनाहरु अगाडि बढ्न नसकेको उनको भनाई छ ।

    होटल निर्माणमा लगाइएको १५० रोपनी जग्गा पनि त्यतिबेलाको मुल्याङ्कन गरी तारागाउँ विकास समितिले प्रति रोपनी १० लाखका दरले हुन आउने १५ करोड र सो जग्गामा रहेका केही पुराना घरहरुको लागि थप २ करोड लाग्ने मुल्याङ्कन गरी १७ करोडको शेयर तारागाउँ रिजेन्सी होटल्स लिमिटेड कम्पनीमा तारागाउँले कायम गरेको थियो । यसरी सुरुमा तारागाउँको १७ करोड (२२.६७ प्रतिशत), संयुक्त लगानी साझेदार (श्रेष्ठ–सर्राफ परिवार)को २५ करोड ७५ लाख (३४.३३ प्रतिशत), बैंक, सर्वसाधारण तथा अन्य गरी ३२ करोड २५ लाख (४३ प्रतिशत) शेयर जम्मा भएको थियो ।

    देशमा पञ्चायति व्यवस्था फालेर प्रजातन्त्रको पुनर्स्थापना भए पनि ठूला पाँचतारे होटेलहरु प्राय: शक्ति भएका सत्तासीनहरूकै स्वामित्वमा थिए । त्यस्तो अवस्था होटल हायातको निर्माण कार्य २०५४ सालमा सुरु भएको थियो । २०५७ सालमा परिक्षण संचालन भएको हायात २०५९ सालमा मात्र पूर्ण सञ्चालमा आएको हो । एकातिर शक्तिशाली परिवारका स्वामित्वमा रहेका पाँचतारे होटलसँग प्रतिस्पर्धा गर्नुपर्ने, अर्कोतिर देशभित्र सशस्त्र द्वन्दले पर्यटन उद्योग धराशायी नै भएर पर्यटक आगमनमा निकै कमी आएपछि होटल केही वर्ष चर्को घाटामा रह्यो । जसको फलस्वरुप कम्पनीलाई अगाडि बढाउन पछि आवश्यकतानुसार पुँजी बढाउन हकप्रद शेयर आह्वान गर्नुपर्ने कम्पनीले निर्णय गर्यो र त्यो निर्णय २०६३ सालमा कार्यान्वयनमा ल्याईयो ।

    सुरु भएदेखि लगातार ७ वर्षसम्म व्यापार ठप्प भएको होटल शान्ति प्रक्रियापछि मात्र नाफामा गएको निर्देशक परियारको भनाई छ । उनी भन्छन्, “त्यति नै बेला अर्बौ लगानीमा निर्माण भएको पोखराको फूलबारी होटल बन्द अवस्थामा छ । त्यस्तै द्वन्द्का कारण होटल नारायणी, शेर्पा होटल र ब्लुवर्ड होटल बन्द भए । ब्लू वर्ड, शेर्पा र नारायणी अहिले सपिङ कम्प्लेक्समा परिणत भएका छन् । तर सोही समयमा सुरुवात भएको हायात संस्थापकहरुको अथक प्रयासका कारण अहिले नाफामा पुग्न सफल भयो ।”

    तारागाउँ, सर्वसाधारण र श्रेष्ठ–सराफ समूहको शेयर किन घटेको हो ?

    हायात व्यवस्थापनका अनुसार ऋण पुनरसंरचनाको व्यवस्था अनुसार २०६४मा बैंकहरुको जम्मा ऋणको ५० साधारण शेयरमा र ब्याजको केही अंश जोडेर अग्राधिकार शेयरमा परिणत गरिएकाे हाे । जारी गरिएको अग्राधिकार शेयरलाई २०७१ मा सञ्चालक समितिले साधारण शेयरमा परिवर्तन पनि गर्यो । जसबाट बैंक तथा वित्तिय संस्थाहरुको शेयर प्रतिशत बढ्न गयो भने संस्थापक र साधारण शेयरधनीहरुको शेयर प्रतिशत घट्न गएको हो ।

    हकप्रद शेयर जारी गर्ने सर्तमा होटललाई लिलामीबाट बचाउने एउटा उपायको रुपमा पुनरसंरचना गर्ने निर्णय अनुसार सञ्चालक समितिले २०६३ मा हकप्रद शेयर खुल्ला गर्दा तारागाउँ विकास समितिले भने शेयर नै किनेन । त्यतिबेला तारागाउँले १० करोड २० लाख बराबरको हकपद शेयर किन्नु पर्ने थियो । निर्णय अनुसार अरु पक्ष सबैले पनि सोही अनुपातमा शेयर थप्नुपर्ने थियो । अरुले शेयर थपे पनि तारागाउँ भने पछि हट्यो । त्यतिबेला आआफ्नो दायित्वमा परेको शेयर किन्ने बैंक तथा वित्तीय संस्था र सर्वसाधारणको शेयर अनुपात बढ्यो भने नकिन्नेको स्वतः घट्यो । होटल लगातार घाटामा गइरहेका बेला आइसीटीसी र सराफ समूहले भने शेयर किनेर लगानी थपे । अरुले लगानी बढाउँदा त्यतिबेला तारागाउँले शेयर नकिनेका हुनाले उसको शेयर अनुपात २२.६७ प्रतिशतबाट घटेर १५ प्रतिशत आयो ।

    २०६४ सालमा बैंक तथा वित्तिय संस्थाहरुबाट लिएको ऋण मध्ये केहि सांवा र ब्याज गरी करीव ५८.६० करोड साधारण शेयर र २१.२० करोड अग्राधिकार शेयर जारी गरी २०७१ सालमा उक्त अग्राधिकार शेयरलाई पनि ऋण पुनरसंरचनाको शर्त अन्तर्गत नै साधारण शेयरमा परिवर्तन गरिए पछि बैंक तथा वित्तीय संस्थाहरुको शेयर अनुपात अझ बढेको हो ।

    त्यतिबेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरूको सुझावअनुसार लगानी जुटाउन होटल सञ्चालक समिति हकप्रद सेयर निष्कासनको निर्णयमा पुगेको थियो । हकप्रद सेयर निष्कासनको प्रस्ताव तारागाउँ विकास समिति समेत रहेको सञ्चालक समितिले पारित गरेको हो । त्यहीबेला होटल सञ्चालन हुन नसक्ने अवस्थामा पुगेर गुज्रिरहेको अवस्थामा बैकहरूले हकप्रदमार्फत पुँजी थप्ने भएमात्र कर्जाको पुनरर्संरचना गरिदिने दवाव दिएको होटल व्यवस्थापनको भनाई छ । सोही अनुसार कम्पनीको चौथो वार्षिक साधारणसभाले ५ बराबर ३ अनुपातमा हकप्रद सेयर निष्कासन गरेर पुँजी ७४ करोड ४० लाख ८७ हजार ५ सय रुपैयाँबाट बढाएर १ अर्ब १९ करोड रुपैयाँ पु–याउने प्रस्ताव पारित गर्यो । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले २०६२ माघ २५ गते साविकका सेयरधनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको थियो ।

    संचालक समितिको निर्णयअनुसार होटलले २०६२ फागुन २२ गते संस्थापक सेयरधनी तारागाउँ विकास समितिलाई ५ बराबर ३ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएकाले २२.६७ प्रतिशत स्वामित्व अर्थात १० करोड २० लाख रुपैयाँ बराबरको १० लाख २० हजार कित्ता हकप्रद सेयर खरिद गर्न समितिलाई पत्राचार गर्यो । कम्पनीले २०६३ असार २२ गतेदेखि साविकका सेयरधनीलाई हकप्रद सेयर निष्कासन गरेको थियो । हकप्रद सेयर २०६९–०७० सम्म खुला गरिएको थियो । तर, तारागाउँले हकप्रद सेयर लिन मञ्जुर गरेन । तारागाउँ विकास समितिले आफ्नो भागको हकप्रद सेयर लिएको भए संस्थापक समूह बीच ‘तारागाउँ र निजी क्षेत्र’को सेयर लगानी अनुपात यथावत नै रहने थियो ।

    तारागाउँ विकास समितिलाई हकप्रद सेयर खरिदका लागि कम्पनीले २०६३ माघ १५, २०६३ चैत ८, २०६४ असार ८, २०६४ साउन २, २०६४ साउन १६, २०६५ भदौ ४ र २०६६ चैत चैत ६ गते समितिलाई पत्र पठाएरै हकप्रद सेयर खरिदका लागि अनुरोध गरेको थियो । तर समितिले त्यति गर्दा पनि शेयर खरिद गरेन ।

    होटलका जनसम्पर्क निर्देशक परियार हकप्रद सेयर जारीपछि कम्पनीको पुँजीको आकार ७४ करोड ४० लाखबाट बढेर १ अर्ब ८ करोड ९० लाख रुपैयाँ पुगेको बताउँछन । तारागाउँले हकप्रद सेयर खरिद नगरेपछि कम्पनीमा उसको स्वामित्व २२।८५ बाट घटेर १५.६२ प्रतिशतमा झरेको थियो । हकप्रद सेयर भरेपछि सराफ र श्रेष्ठ परिवारको स्वामित्व ४१.३३ बाट बढेर ४५.२०, सर्वसाधारणको १६.१३ बाट बढेर १७.६४ र बैंक तथा वित्तीय संस्थाको १९.७० बाट बढेर २१.५५ प्रतिशत पुगेको थियो ।

    हकप्रद सेयर निष्कासन भइसकेपछि नियम अनुसार कर्जाको पुनरसंरचना गरियो । कर्जाको पुनरसंरचनामा भएको व्यवस्था अनुसार २०६४ बैशाख १० गते ५८ करोड ६० लाख रुपैयाँ ऋण र ब्याज मध्येको केही रकम २१ करोड २० लाख रुपैयाँ सेयरको रुपमा बैंकले सकारेपछि कम्पनीमा बैंक तथा वित्तीय संस्थाको स्वामित्व बढन गयो र सर्वसाधारण समेत जम्मै सेयर धनीहरूको अंश घट्न गयो । त्यसपछि तारागाउँको स्वामित्व १५.६२ बाट घटेर १०.१५ प्रतिशत, सराफ र श्रेष्ठ परिवारको ४५.२० बाट घटेर २९, सर्वसाधारणको १७.६४ बाट घटेर ११.४७ र बैंक तथा वित्तीय संस्थाको २१.५५ बाट बढेर ४९ प्रतिशत पुगेको होटलका निर्देशक परियारको भनाई छ ।

    त्यसपछि २०६४ वैशाख १० गते जारी गरिएको अग्राधिकार सेयरलाई २०७१ असार ३० गते साधारण सेयरमा परिणत गरिएपछि तारागाउँको शेयर अनुपात १०.१५ बाट घटेर ९ प्रतिशत कायम भयो । त्यस्तै त्यसपछि संयुक्त साझेदार आइसीटीसी र सराफ परिवारको शेयर अनुपात घटेर २६.८ कायम भयो । त्यस्तै सर्वसाधारणको शेयर १०.१८ कायम भयो भने बैंक तथा वित्तीय संस्थाको शेयर अनुपात बढेर ५४.७३ प्रतिशत कायम भयो । यो सबै गर्दा कम्पनीको पुँजी बढेर १ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।

    २०७१ उप्रान्त बैंकहरुले बेच्न चाहेको शेयरहरु श्रेष्ठ –शराफ समुह लगायत सर्वसाधारणहरुले पनि शेयरहरु खरिद गरेको छ र केहि शेयरहरु अहिले पनिकेहि बैंकहरुको स्वामित्वमा नै रहिरहेको छ।

    तारागाउँ विकास समितिको लगानी १७ करोड बराबरको शेयरलाई पुनर्मूल्यांकन गर्नुपर्ने भन्ने विषय

    नेपालको कम्पनी ऐन अन्तर्गत कुनै पनि कम्पनीमा एकपटक जिन्सी अथवा नगदमा लगानी गरी आफ्नो नाममा शेयर प्राप्त गरिसकेपछि उक्त प्राप्त गरेका शेयरहरु कुनै पनि कारणले पुनर्मूल्यांकन गरी थप शेयर जारी गर्न पूर्ण बन्देज लगाएको छ । त्यसकारण तारागाउँको हायात होटलमा भइसकेको लगानी सोही ऐनको बन्देजको कारणले पुनर्मूल्याङ्कन हुन असम्भव रहेकाे निर्देशक परियार बताउँछन । यसरी कुनै एक पक्ष लगानीकर्ताको लगानीलाई पुनर्मूल्यांकन गर्ने हो भनेर संसारको कुनै पनि कम्पनी सञ्चालन असम्भव हुने उनकाे भनाइ छ । साथै प्राइभेट पब्लिक पार्टनरसीप (PPP) को अवधारणामा कुनै पनि योजना स्वदेशी वा बैदेशिक लगानीमा आउन नै नसकिने पनि उनी बताउँछन । तारागाउँको १५० रोपनी जग्गा र भवनहरुको आफ्नै मूल्यांकनको आधारमा भइसकेको लगानीको विषयमा २०५० सालमा भएको सार्वजनिक लेखासमितिको निर्णयले समेत प्रष्ट पारिसकेको उनकाे भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरका घिमिरे सहसचिवमा सिफारिस

    निराजन nirajan ghimire

    भक्तपुर घर भएका उपसचिव निराजन घिमिरे सहसचिवमा बढुवा सिफारिस भएका छन् । सूर्यविनायक नगरपालिका वडा...

    धन र डनको राजनीति गर्नेलाई लखेट्न प्रचण्ड निर्देशनपछि महेश बस्नेत आक्रोशित

    राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज समेत रहेका नेकपा (एमाले) का नेता एवं सांसद महेश बस्नेत...

    भक्तपुरका गैरसरकारी संस्थाले समेत ‘सूचना अधिकारी’ तोक्नुपर्ने

    CDO rudra sharma

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लास्थित गैरसरकारी कार्यालयहरुको सूचना सस्प्रेषणमा कडाइ गरेकी छन् ।...

    १६ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ,उत्साह र इमानदारिताका साथ काम गर्न निर्देशन

    शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा नवनियुक्त १६ मन्त्री र २ राज्यमन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ...

    भक्तपुरमा प्रचण्डले भने – ‘धन र डनको आडमा माओवादीलाई कमजोर पार्ने नसोचे हुन्छ’

    पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी धन र डन...