News Portal

  • सृजनानगर बस स्ट्याण्ड संगैको झाडीमा एक महिला मृत अवस्थामा फेला

    भक्तपुर, ५ साउन
    १७४९ पटक
    भक्तपुर, ५ साउन

    सूर्यविनायक नगरपालिका स्थित सृजनानगरमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । सृजनानगर बस स्ट्याण्ड संगैको सडक पेटीमा घाँसले भरिएको झाडीभित्र उनी मृत अवस्थामा फेला परेकी हुन् ।

    आइतवार विहान झाडीमा महिलाको शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यतिबेला प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर मुचुल्का उठाउने कार्य गरिरहेको छ ।

    मृतक महिलाको पहिचान भने खुल्न सकेको छैन । सारी चोलो लगाएकी अन्दाजी ४०- ४५ वर्षको लाग्ने मृतक महिलाको चोलो खुलेको अवस्थामा शव फेला परेको छ ।  उनको चप्पल भने आकेसे पूल संगैको सडकमा देखिएको एक स्थानीयले बताए ।

    प्रहरीले महिलालाई गए राती हत्या गरेर फालेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । महिलाको टाउकोमा चोट देखिएको छ । पोस्ट मार्टम गरेपछि त्यसको रिपोर्टको आधारमा मात्र हत्या वा मृत्यु बारे यकिन थाहाँ हुने प्रहरीको भनाइ छ ।

    सूचना : भक्तपुरपोस्टको फेसबुक पेज लाइक गरेर फेसबुकमै पत्रिका प्राप्त गर्नुहोस् ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...