News Portal

  • माइला लामा भक्तपुरबाट पक्राउ परेको खुलासा : रिहा नगरे प्रतिफल भोग्न विप्लवको चेतावनी

    भक्तपुर, ७ साउन
    १४९२ पटक
    भक्तपुर, ७ साउन

    विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यसमेत रहेका उपत्यका व्युरो इन्चार्ज माइला लामा भक्तपुरबाट पक्राउ परेको खुलासा भएको छ । जनकलाकारसमेत रहेका लामा भक्तपुरबाट पक्राउ परेको विप्लव स्वयमले खुलासा गरेका हुन् ।

    शनिवार मध्यरातमा लामा पक्राउ परेका थिए । यस अघि उनी काठमाडौं बाट पक्राउ परेको बताइएको थियो तर विप्लवको विज्ञप्तिमार्फत लामा भक्तपुरबाट पक्राउ परेको थाँहा हुन आएको छ ।

    एक विज्ञप्तिमार्फत महासचिव विप्लवले भक्तपुरको एक घरमा सुतिरहेको अवस्थामा संकटकाललाई नै बिर्साउने हतियारधारी फौजले माइला लामालाई पक्राउ गरेको बताए । उनले सरकार सामाजिक फासिवादी भएको भन्दै लामा लगायत आफ्ना नेताकार्यकर्तालाई नछोडे योजनावद्ध प्रतिरोधमा उत्रने चेतावनी समेत दिएका छन् ।

    विप्लवका उपत्यका इन्चार्ज लामा मंगलवार कारागार चलान भएका छन् । ललितपुर जिल्ला अदालतमा मंगलवार भएको थुनछेकको बहसपैरवी पछि न्यायाधिस मदनकुमार धामिको एकल इजलासले उनलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । अदालतको आदेश लगत्तै नेता लामालाई नख्खु कारागार पठाइएको छ ।

    बन्दीका तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी, अधिवक्ता खिमानन्द अधिकारी, अधिवक्ता नारायण प्रसाद तिवारीलगायतले बहस गरेका थिए ।

    लामालाई एनसेल वम विष्फोटको आरोपमा संगठित अपराध तथा संविधान विपरित गतिविधि गरेको आरोपमा राजद्रोहको मुद्धा चलाइएको छ ।

    हेर्नुस विप्लवको विज्ञप्ती

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...