News Portal

  • तपाईले कति प्रकारको चियाको स्वाद लिनु भएको छ ? अब आयो ८० प्रकारको चिया

    १४२० पटक

    काठमाडौं । तपाई दिनमा कति कप चिया पिउनु हुन्छ ? कति प्रकारको चियाको स्वाद लिनु भएको छ ? सायद सामान्यत: ३ वा ४ प्रकारको मात्र होला । लेमन, मिल्क, ब्ल्याक आदि । तर नेपालमा अब यो भन्दा पनि बढी, ८० प्रकारको चिया बजारमा आएको छ ।

    नेपा टि प्रा.लिले अन्तराष्ट्रिय स्तरका ८० भन्दा बढी प्रकारका चिया बजारमा ल्याएका हुन् । नेपा टि प्रा.लि का सञ्चालक आषिश गिरीले नेपाली बजारमा नपाइने फलफुलका चियाहरु, सुगर र प्रेसरका रोगीहरुका लागि हितकर मानिएको अर्गानीक चिया लगायत विभिन्न ८० प्रकारका चियाहरु अब मज्जाले पिउन सकिने बताए ।

    चियाको मूल्य पनि अरु चियाको तुलनामै रहेको छ । नेपाली कच्चा पदार्थहरुलाई प्रयोग गरेर बनाइने ८० प्रकारका चियाहरु न्युनतम रु. २० देखि अधिकतम रु. २ सय सम्मको रहेको छ । नेपा टी सपमा १८ प्रकारका कालो चिया, १५ प्रकारका दुध चिया, १३ प्रकारका पु्रmट टि, १५ प्रकारका नेपा आइसीइडी टी र अर्गानीक चिया पिउन पाइने पनि गिरीले बताए ।

    साथै,  नेपालमा नै पहिलो पटक नेपा टि सपले नेपालीको व्यस्ततालाई बुझेर होम डेलभिरीको पनि व्यवस्था गरेको छ । सञ्चालक गिरीका अनुसार होम डेलीभरीका लागि पहिला ‘नेपा टी’ को सदस्य बन्नुपर्ने हुन्छ । सुरुमा सदस्यताका लागि कुनै शुल्क तिर्नुपर्ने छैन । ग्राहक बनेपछि ग्राहकहरुले “नेपा टि टेष्ट द बेस्ट” फेसबुक पेजमा एड भएर तथा टेलिफोन मार्फत बिभिन्न प्रकारका चियाहरु अर्डर गर्न सक्नेछन् ।

    मिनु हेरेर ग्राहकले कुनै पनि प्रकारका चिया न्युनतम ५ कप भने अर्डर गर्नुपर्नेछ । अर्डर भएपछि मिनु अनुसारको बिल सहित रेष्टुरेन्टले निःशुल्क होम डेलिभरी गरिदिने छ । ग्राहकले चियाको साथै केक तथा बेकरीका आइटम समेत अर्डर गर्न सकिने छन् ।
    त्यसैगरी नेपा टि सप भित्रै पुस्तकालय र म्युजीकसेन्टर समेत उपलव्ध छन् । नेपा टि भित्र छिरेर ग्राहकहरुले चिया अर्डर गरेपछि बिभिन्न प्रकारका पुस्तकहरु निःशुल्क रुपमा अध्ययन गर्न सक्ने छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...