News Portal

  • सार्वजनिक नयाँ मौद्रिक नीति पढ्नुभयो ? हेर्नुस् पूर्णपाठ

    भक्तपुर, ८ साउन
    १०९६ पटक
    भक्तपुर, ८ साउन

    नेपाल राष्ट्र राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ का लागि नयाँ मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बुधवार लाजिम्पाटको पाँचतारे होटेल ¥याडिसनमा आयोजित एक विशेष समारोहका बीच यो मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

    एक वर्षभित्र मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाइ विशेषा सहुलियत

    राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिले मर्जरमा जान चाहने बैंक तथा बित्तीय संस्थाहरुलाई विशेष सहुलियत प्रदान गरेको छ । २०७७ साल असार मसान्तभित्र मर्ज भई एकीकृत कारोबारमा जाने बैंक तथा वित्तीय संस्थाहरुले विशेष सहुलियत पाउने भएका छन ।

    नयाँ नीतिमा बैकास्योरेन्स गर्न नपाउने व्यवस्था गरिएको छ । सो अनुसार अब बैंहरु आफैले कुनै पनि विमा कार्यक्रम आफ्ना ग्राहकहरुलाई बेच्न पाउने छैनन् ।

    सात दिन भित्र कृषि कर्जा दिनुपर्ने अनिवार्यता

    त्यसैगरी नयाँ मौद्रिक नीतिमा बैंकहरुले एक हप्ताभित्रमा सहुलियत दरको कृषि कर्जा दिनुपर्ने व्यवस्थालाई अझ कडाइ गरिएको छ । यदि एक हप्ताभित्र बैंकहरुले सो कर्जा दिन नसकेको खण्डमा प्रष्ट कारणसहित सम्बन्धित ग्राहकलाइ जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ । १५ लाखसम्मकाे कृषि कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले अाधारदरमा २ प्रतिशत मात्र थप गरी ऋणकाे ब्याज ताेक्न पाउने व्यवस्था गरिएकाे छ । साथै कृषि कर्जामा सेवा शुल्क पनि लिन नपाउने व्यवस्था गरिएको छ ।

    पढ्नुहोस राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको पूर्ण पाठ

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...