News Portal

  • नेपाल प्रहरीका ४ सय ३७ इन्स्पेक्टरको सरुवा : पहिलो नम्बरमै ठिमीका कोइराला धरान पुगे

    भक्तपुर, ९ साउन
    १६०३ पटक
    भक्तपुर, ९ साउन

    नेपाल प्रहरीका ४ सय ३७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा भएको छ । बुधबार इन्स्पेक्टरहरुको सरुवा निर्णय गर्दै प्रहरी प्रधान कार्यालयले यसको जानकारी दिएको हो ।

    प्रहरी प्रधान कार्यालयले साउन महिनाबाटै सेवासुविधा मिल्ने गरी प्रहरी निरीक्षकहरुको सरुवा गरिएको जनाएको छ ।

    प्रहरी महानिरक्षकको ०७६/०४/०८ को बैठकको निर्णयले उनीहरूको २०७६ साल साउन महिनादेखि तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउनेगरी सरुवा गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको हो ।

    सरुवा सूचीको पहिलो नम्बरमै महानगरीय प्रहरी वृत्त ठिमीका अन्जन कोइराला परेका छन् । उनी सरुवा भएर जिल्ला ट्राफिक कार्यालय धरान पुगेका छन् । अन्जनको ठाउँमा सिन्धुलीबाट श्याम कृष्ण केसीलाई सरुवा गरिएको छ । नवराज न्यौपाने महानगरीय प्रहरी वृत्त जगातीबाट इप्रका बाह्रबिसे सरुवा भएका छन् भने राजकुमार थापा जिप्रका चितवनबाट जगाती आउने भएका छन् ।  हस्त बहादुर सुनार ठिमीबाट बाँके सरुवा भएका छन् भने उनको ठाउँमा पंचलाल गोले दाङ बाट ठिमी आउने भएका छन् । राजीव गिरी नवलपरासीबाट ठिमी  सरुवा गरिएको छ ।

    हेर्नुस् अरु को कहाँ भए ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...