News Portal

  • नेपालको विश्वकप सपना सिंगापुरले उडायो, नेपालको लज्जास्पद हार

    भक्तपुर, १२ साउन
    ६८८ पटक
    भक्तपुर, १२ साउन

    सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट (एसिया फाइनल) अन्तर्गतको निर्णायक खेलमा नेपाल पराजित भएको छ ।

    आइतबार बिहान भएको खेलमा सिंगापुरसँग ८३ रनले पराजित हुँदा नेपालको २०२०  टी–ट्वेन्टी विश्वकप खेल्ने सपनामा ब्रेक लागेको छ ।

    यस खेलमा हार ब्योहोरेपछी  टीट्वेन्टी विश्वकपको आगामी अक्टोबरमा यूएईमा हुने विश्वस्तरीय छनोट प्रतियोगितामा छनोट हुन नेपाल असफल भयो । त्यो अवसर सिंगापुरले पाएको छ ।

    १९२ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्रै बनाउन सक्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रन बनाए । त्यसपछि दीपेन्द्रसिंह ऐरीले २३ रन जोडे । सोमपाल कामीले ११ रनको योगदान गरे । पारस खड्का १२ रनमा आउट भए । शरद भेषवाकर ७, रोकितकुमार पौडेल ५, विनोद भण्डारी ९ रन बनाएर आउट हुँदा करण केसी र सन्दीप लामिछाने शुन्य रनमै पेभिलियन फर्किए ।

    सिंगापुरका ब्याट्सम्यानले नेपाली बलरलाई निरन्तर डोमिनेट गरे। नेपालका लागि अभिनाश बोहराले ४ विकेट लिए भने करण केसीले २ विकेट लिए। नेपालविरुद्ध उच्च स्कोर बनाउने क्रममा टिम डेभिडले ४३ बलमा ७७ रन बनाए। त्यसैगरी रोहन रंगरजनले ३३ बलमा ४९ रन र मनप्रिट सिंहले २७ बलमा ४२ रन बनाए।

    अभिनाश बोहराले १८ औंर २०औं ओभरमा ३ विकेट लिएपनि सिंगापुरको स्कोर रोक्न त्यो ढिला भइसकेको थियो।

    प्रतिकृया दिनुहोस्

    शब्द चयन नमिलेको सभामुख घिमिरेको स्वीकारोक्ति, संसद र प्रेसबीच सुमधुर सम्बन्ध हुनुपर्ने जोड

    प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद र प्रेससँगको सम्बन्ध सुमधुर हुनु पर्नेमा जोड दिए ।...

    स्ववियु निर्वाचनमा झडप नियन्त्रण गर्न हवाई फायर

    बाजुराको बूढीनन्दा नगरपालिका -२ कोल्टीस्थित बूढीनन्दा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा झडप भएको छ...

    नेपाल-पाकिस्तान मैत्रीपुर्ण टी-२० क्रिकेट प्रतियोगिता २०२३को विजेतालाई हिमालय शमशेर राना ट्रफी

    पाकिस्तान दूतावासले नेपाल-पाकिस्तान मैत्रीपुर्ण टी-२० क्रिकेट प्रतियोगिता २०२३को विजेतालाई ‘हिमालय शमशेर राना ट्रफी’ले पुरस्कृत गरेको...

    १३ क्याम्पसमा रोकियो स्ववियु निर्वाचन

    देशभरिका १३ क्याम्पसमा आज भइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन रोकिएको छ । विद्यार्थी सङ्गठनबीच...

    कलाकार सङ्घको अध्यक्षमा माेहन निरौला विजयी

    कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् ।...