News Portal

  • भगवान शिवको प्रिय महिना साउनमा के लगाउने र के नलगाउने

    भक्तपुर पोस्ट
    २२१२ पटक

    भगवान शिवको सवैभन्दा प्रिय महिना नै साउन भएकोले हिन्दुहरुका लागि साउन महिनाले विशेष अर्थ बोकेको छ । यो भगवान शिवको आरधना र उपासना गर्दै ब्रत बस्ने महिना हो । साउन महिनामा भगवान शिव स्वयम यस धर्तिमा आउने जनविस्वास रहेको छ । यसर्थ, उनलाई खुशी बनाउन यो महिना उत्तम मानिन्छ ।

    भगवान शिव छिट्टै प्रसन्न हुने देवता पनि हुन् । धर्म शास्त्रका अनुसार भगवान शिवको पूजा सच्चा मन र विधि-विधानले गरियो भने उनी तुरुन्तै प्रसन्न हुन्छन र भक्तजनको मनोकामना पूरा गरिदिन्छन ।

    भगवान शिवलाई हरियो रंग मनपर्ने र उनी यसबाट प्रसन्न हुने धार्मिक विश्वास रही आएको छ । साउन महिनामा चारैतिर हरियाली नै हरियाली हुने हुनाले भगवान शिवलाई आकर्षित गर्न भक्तजनले हरिया पहिरन लगाउने बताइन्छ । हिन्दू धर्मग्रन्थका अनुसार साउनमा देवी पार्वतीले पनि शिवलाई खुशी पार्न हरिया चुरा, पोते र हातमा मेहेन्दी लगाएकी थिइन् । जसबाट प्रसन्न भएर भगवान शिवले उनलाई सौभाग्य प्राप्तिको खुसी दिएका थिए । त्यसैले आफ्नो सौभाग्य बनाइराख्ने आशिर्वाद प्राप्त गर्न विशेषगरी हिन्दु नारीहरु साउन भरी हरियो पहिरनमा सिङ्गारिएका देखिन्छन ।

    हरियो रंग सौभाग्य संग जोडिएको मानिन्छ । यसले भाग्यखुल्ने विस्वास गरिन्छ । यसका साथै साउनमा हरियो लगाएर मानिसहरु प्रकृति प्रति अनुग्रहित भएको आभाष मिल्दछ । पण्डितहरु प्रकृतिप्रेमीहरुप्रति भगवान शिव प्रसन्न हुने भएकोले साउनमा हरियो रंगको विशेष अर्थ हुने जिकिर गर्छन ।

    यसका साथै उनीहरु साउनमा कालो रंगको प्रयोग नगर्न पनि सुझाव दिन्छन । भगवान शिवलाई कालो रंग बिल्कुल राम्रो नलाग्ने बताइन्छ । यो रंग देख्ने वित्तिकै उनी क्रोधित हुने पण्डितहरु बताउछन ।

    यदि तपाइँ शिवको कृपा चाहनु हुन्छ भने विशेषगरी पूजा गर्ने समयमा कालो कपडा नलगाउन समेत पण्डितहरु सुझाव दिन्छन ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...