News Portal

  • शिक्षकको नाममा औँठा छाप सहित सुसाइड नोट लेखेर आत्महत्या

    धनगढी, १३ साउन
    २११७ पटक
    धनगढी, १३ साउन

    धनगढी महेन्द्रनगरस्थित लिटिल बुद्ध कलेजमा अध्ययनरत एक विद्यार्थीले शिक्षककको नाममा ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका छन् । कक्षा १२ मा अध्ययनरत सुरज लेखकले शिक्षककको नाममा ‘सुसाइड नोट’ लेखेर आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेका हुन्।

    सुरजले ‘सुसाइड नोट’मा आफू मर्नुको कारण लिटिल बुद्ध कलेजका व्यवस्थापन संकायका संयोजक हरिलाल जोशीलाई जिम्मेवार ठहर गरेका छन् । सुरजको ‘सुसाइड नोट’ को अन्त्यतिर उनले औँठा छाप लगाएका छन् ।

    उनले सुसाइट नोटमा लेखेका छन्, ‘बुवा अब बहुत भयो, अब म हजुरहरुलाई धेरै टेन्सन दिन चाहँदिन। कलेजबाट आएको कम्प्लेनहरुले हजुरहरुलाई निकै डिस्ट्रब गर्यो र म पनि हजुरहरुलाई टेन्सन दिएर धेरै बाच्न सक्दिन । हजुरकाे सब ठाँउमा मैले इन्सल्ट गराए, हजुरले मलाई जस्ताे बनाउनु चाहनु हुन्थ्याे, म त्यस्तै बन्न सकिन, म मरे पनि दुई दाजुहरू छन् । उनीहरूलाई राम्राे पढाउनु, म त हजुरकाे नालायक छाेरा न परे, अब खुसीसँग बस्नु । ‘

    सुसाइट नोटमा आफूले दारु कहिल्यै नपिएको पनि उल्लेख गरेको छ । सुसाइट नोटमा लेखेका छन्- ‘अनि मैले दारू कहिल्यै पनि छाेएकाे छैन, खानु त कता हाे ।’ सुसाइट नोटमा आफूले चुरोट पिउन छाडेका पनि एक वर्ष भइसकेको लेखेका छन् ।


    एकेडेमीका प्लस टु संयोजक हरिलाल जोशीले शुक्रबार बिहान विद्यालय समयमा सुरजसहित उनका साथीहरू आशिस चन्द र मनिस विष्टलाई चुरोट खाइरहेको अवस्थामा भेटेपछि विद्यालय प्रशासनमा बोलाएर सम्झाई बुझाई गरेको बताए।

    जगन्नाथ बहुमुखी क्याम्पसका प्राध्यापकसमेत रहेका सुरजका बुवा गणेश लेखकले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा शिक्षक हरिलाल जोशीविरुद्ध ‘आत्महत्या दुरुत्साहन’ सम्बन्धी किटानी जाहेरी दिएका छन्। उनले छोरालाई विद्यालयबाट तनाव दिएर आत्महत्या गर्न बाध्य पारिएको भन्दै शिक्षक जोशीविरुद्ध किटानी जाहेरी दिएको बताए।

    ‘म पनि शिक्षक हुँ, तर शिक्षकबाट गल्ती भएको छ,’ उनले भने, ‘त्यही भएर सत्यतथ्य छानबिनका लागि किटानी दिएको हुँ।’ कञ्चनपुरका प्रहरी प्रवक्ता गणेशबहादुर बमले पीडित पक्षबाट आएको किटानी दर्ता भएको पुष्टि गरेका छन्।लिटिल बुद्ध एकेडेमीले प्लस टु संयोजक हरिलाल जोशीलाई आइतबार विद्यालयबाट हटाएको छ। प्रिन्सिपल श्यामसिंह मौनीले विद्यार्थीले गरेको सुसाईड नोटमा शिक्षक जोशीको नाम उल्लेख भएकाले उनलाई छानबिनका लागि विद्यालयबाट हटाइएको बताए।

    ‘सुसाइड नोटमा’ मा उल्लेखित ‘मृत्युको कारण’ हरिलाल जोशी विरुद्ध दिइएको उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी गणेश बमले बताए । घटनाको अनुसन्धान भइरहेको समेत डिएसपी बमले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...