News Portal

  • भक्तपुरमा साझा : सुविधा कम, सास्ती ज्यादा

    संजीप शुभचिन्तक भक्तपुर, १३ साउन
    १८२७ पटक
    भक्तपुर, १३ साउन

    ब्यासीबाट बा ५ ख ८७६२ नम्बरको साझा यातायात चढेकी रेणुलाई कोटेश्वरमा ओर्लनु थियो । उनले आफूसहित ३ जनाको भाडाको लागि १ सयको नोट दिइन् । सहचालकले २५ रुपियाँको दरले भाडा काटेपछि उनले २० लिन आग्रह गरिन् तर सहचालकले भाडामा बिबाद गरेपछि सस्तो होला भनेर चढेको झन् अरुभन्दा महँगो भएको भन्दै गुनासोसहित ओर्लीन् ।

    रेणुमात्र होइन,सृजनानगरबाट चढेका अर्का एक यात्री बबरमहल झर्नु थियो । उनले २० को नोट झिकेर दिंदा सहचालकले २५ रुपियाँ भाडा भएको बताए । उनले भाडा लिस्ट मागेपछि सहचालक आफ्नो बाटो लागे ।

    अर्का एक यात्रीलाई सितापाइला जानु थियो । उनलाई सहचालकले २० रुपियाँ र १५ रुपियाँको दुईवटा टिकट थमाइदिए । यात्रीलाई यो कुरा मन परेन । उनले आफ्नो गन्तव्यको एउटा मात्र टिकट हुनुपर्ने माग गरे । उनलाई आफू ठगिएको लागिरहेको थियो ।

    यि केवल प्रतिनिधि घटना हुन् । आम यात्रीको अपेक्षा के छ भने साझा यातायात अरु भन्दा सस्तो यातायात हो । तर आफूले सस्तो ठानेर चढेको यातायात अन्य भन्दा महँगो लागेपछि यात्री साझाप्रतिको आफ्नो धारणा गलत रहेको निष्कर्षमा पुग्न बाध्य छन् ।

    साझा किन महँगो

    साझा यातायात सहकारीद्वारा संचालित सेवामूलक यातायात भएको प्रचार गरिन्छ । यसलाई सरकारी निकायहरुबाट समेत सहयोग , अनुदान र सहुलियत प्राप्त हुने गरेका समाचारहरु सुनिञ्छन । तर साझालाई अरु व्यक्तिगत साहुँका गाडी भन्दा महँगो यात्रीले अनुभव गर्नु दुखद् कुरा हो । साझा यातायातकी माया थापाले भने घुमाउरो बाटो हिड्नुपर्ने हुँदा साझाको भाडा अन्य भन्दा बढी हुन सक्ने भक्तपुर पोस्टसंग बताएकी छिन् ।

    भाडा लिस्ट छैन

    भक्तपुरमा साझाले केहि बर्ष अघि ६ वटा बस चलाएकोमा करिव १ महिना अघिबाट ६ बटा बस फेरि थप गरेको छ । तर अधिकांस बसहरुमा भाडा लिस्ट भेटिदैनन । नयाँ थप गरेका कुनै पनि बसमा भाडा लिस्ट टास् गरिएको छैन ।

    साझामै छैन आरक्षित सिट

    साझा यातायातका संचालकहरु आदर्शको ठूला ठूला कुरा गरेर थाक्दैनन् । तर बसहरु आरक्षित सिट बेगर नै हुइकाउछन । साझाका नयाँ थप गरिएका ६ वटा बस भक्तपुरको बाटोमा गुड्न थालेको १ महिना पुग्यो । न त ति बसमा अपाङ्ग सीट छुट्याएको छ, न त महिला र जेष्ठ नागरीकका लागि नै सीट छुट्याइएको छ ।

    भक्तपुर पोस्टको जिज्ञासामा एक चालकले बस नयाँ भएकोले आरक्षण छुट्याउन समस्या भएको बताए । बसमा आरक्षण सीट नछुट्याइदा आरक्षण प्राप्त यात्रीहरुलाई सास्ती भैरहेको छ ।आरक्षण स्टीकर टास्न अथवा लेख्न कुनै समय कुरिराख्नु पर्ने कुरा होइन । सडकमा बस कुदाएर पैसा असुल्न सक्ने तर स्टीकर टास्न नसक्ने कुरा लापरवाहीको हद भएको एक जेष्ठ नागरीक भक्तपुरपोष्ट संग बताउछन ।

    जिब्रो चपाउछन सहचालक

    एक यात्रीलाई सानोठिमीबाट नयाँ बसपार्क जानु थियो । साझा बस नयाँ रूटमा चलेकोले कहाँ जान्छ उनलाई थाहाँ भएन । सहचालकले नयाँ बसपार्क जान्छ भनेर चढाईहाले । तर , उक्त बस शहिद गेट हुदै कलङ्की र त्यसपछि नयाँ बसपार्क जाने भएपछि उनी जिल्लिए । उनको समय र पैसा दुवै बर्बाद भयो ।

    समयमा आउदैन साझा

    साझा यातायात चढ्न भनेर यदि कुरिरहने हो भने कुरेको कुरै हुने खतरा रहन्छ । यसको आउने जाने कुनै समय छैन । जब यात्रीको चाप हुने बेला हुन्छ तब साझा बस पाउन सकिंदैन । लामो रुट भएकोले आफूलाई चाहेको बेला साझा बस उपलब्ध नहुने वा आइहाले पनि भीड हुने नियमित काठमाडौं आउजाउ गर्ने यात्रीहरुको गुनासो छ । भक्तपुरमा साझा यातायात संचालन हुँदा आम यात्रीहरु खुशी भएका थिए । साझा यातायात भित्रिएपछि यात्रा सहज हुने उनीहरुको आशा भए पनि त्यो पुरा हुन भने सकेको छैन । कार्यालय समय र साँझको समयमा यसको माग भएपनि उपलब्ध हुन सकेको छैन । लामो रुटका कारण भीड हुने भएपछि यात्रीलाई समस्या परेको छ ।

    के भन्छ व्यवस्थापन

    साझा यातायातको व्यवस्थापन भने भक्तपुरमा यात्रीले व्यहोर्नु परेको समस्याबारे बेखबर देखिएको छ । साझाले अनुगमनका लागि भनेर प्रसस्त कर्मचारी भर्ना गरेको छ त्यतिले नभएर सीसी क्यामेरा जडान गरिएको छ तर ति सो पिस मात्र बनेर रहदा व्यवस्थापन यात्रीको सास्तीप्रति बेखबर बनेको हो । साझा यातायातकी कर्मचारी माया थापाले भाडा लिस्ट नराखिएको , आरक्षण सीट नछुट्याइएको लगायतका समस्याबारे भक्तपुरपोस्ट संग आश्चर्य व्यक्त गरिन् । उनले आफूले यस सम्बन्धमा उपल्लो तहमा जानकारी गराउने प्रतिवद्धता प्रकट गरिन् ।

    समग्र विषयबारे बुझ्न साझाका व्यवस्थापक महेन्द्र राज पाण्डेसंग सम्पर्क गर्दा उनले आफू भोलीमात्र कुरा गर्न सक्ने बताए । आफू मिटिङ्गमा भएको भन्दै पाण्डेले १ मिनेट पनि कुरा गर्न नसक्ने जिकिर गरे ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...