News Portal

  • बालकोट बस्ने चेमजोङ्ग चेक बाउन्स मुद्दामा जेल चलान

    भक्तपुर, १४ साउन
    १०२६ पटक
    भक्तपुर, १४ साउन

    बैकिङ्ग कसुर मुद्दामा दोषी देखिएपछि फरार भएका सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने एकजना पक्राउ परेका छन् । पाँचथर साविक यासोक-८ घर भई हाल बालकोट बस्दै आएका ४३ वर्षीय पृथ्वी राज चेमजोङ्गलाई प्रहरीले पक्राउ गरेको हो ।

    चेमजोङ्गले मन्जु श्रेष्ठको नाममा पर्याप्त पैसा नभएको प्रभु बैंक लिमिटेडको खाताको १० लाख ९४ हजार ५ सय रुपियाँको चेक ६ वर्ष अघि जारी गरेका थिए । २०७० असार १४ गते जारी गरेको उक्त चेकबाट नगद भुक्तान हुन नसकी चेक फिर्ता भएको थियो । चेक फिर्ता भएपछि चेमजोङ्गमाथि चेक बाउन्सको मुद्दा दायर गरिएको थियो ।

    उच्च अदालत पाटनको २०७५ पुस १७ गतेको फैसलाले चेमजोङ्गलाई १५ दिन कैद र १० लाख ९४ हजार ५ सय रुपैयाँ जरिवाना हुने ठहर गरेपछि उनी फरार भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी फरार रही उनको उक्त सजाय वेरुजु भएकाले फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंले चेमजोङ्गलाइ पक्राउ गरिदिन पत्राचार गरेको थियो ।

    अदालतको आदेश पछि चेमजोङ्गको खोजीमा रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको टोलीले उनलाई सोमवार पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेको हो ।

    प्रहरीले फैसला कार्यान्वयनको लागि चेमजोङ्गलाई जिल्ला अदालत काठमाडौंमा पेश गरेपछि कैद भुक्तानका लागि काठमाडौंस्थित केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको नेपाल प्रहरीले जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्

    गठबन्धनबाट भक्तपुरको २ प्रदेश क्षेत्र माओवादी केन्द्रले पाउने सचिव पोख्रेलको खुलासा

    बागमती प्रदेश सभाका लागि भक्तपुरमा गठबन्धनबाट  माओवादी केन्द्रले उम्मेदवारी पाउने पार्टी सचिव लीलामणि पोख्रेलले खुलासा...

    दशैंमा सार्वजनिक यातायात ब्यवस्थापनका लागि भक्तपुरको विशेष योजना

    भक्तपुरमा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन गुनासो सुन्ने र समाधान गर्ने उदेश्यले यात्रु सहायता कक्ष संचालन...

    संविधानको रक्षा नै वर्तमान सरकारको प्रमुख उपलब्धी

    durlabh thapa

    पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले संविधानको रक्षा गरेको दावी गरेका...

    आतंक सिर्जना गर्ने समूह नसमातिएको विरोधमा प्रदर्शन

    pradarsan

    नेकपा(एकीकृत समाजवादी) का भक्तपुर जिल्ला अध्यक्ष श्याम सुन्दर बस्नेतको घरमा पुगी परिवारलाई आतंकित पार्ने समूह...

    प्रेस सेन्टरको उपत्यका प्रदेश महासचिवमा रोजिना थापा

    rojina

    नेकपा(माओवादी केन्द्र) को शुभेच्छुक पत्रकार संगठन प्रेस सेन्टर नेपालले आफ्नो उपत्यका प्रदेशको महासचिवमा रोजिना थापालाई...