News Portal

  • चाँगु र गट्ठाघरको छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

    भक्तपुर, १६ साउन
    १३६० पटक
    भक्तपुर, १६ साउन

    चाँगुनारायण नगरपालिका- ८ चरेलीमा बोलेरो जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । बुधवार साझ ६ बजेको समयमा उक्त दुर्घटना भएको हो ।

    कमलबिनायकबाट नगरकोटतर्फ जादै गरेको बा १० च ४०२६ नम्बरको को बोलेरो जीप सडकबाट करिब ५ मिटर तल खसेको थियो ।

    उक्त दुर्घटनामा परी घाइते भएका सिन्धुली घर भई हाल जिल्ला भक्तपुर चाँगुनाराण – ८ कलमसी बस्ने बर्ष ३२ को कान्छा राईको मृत्यु भएको प्रहरीको भनाइ छ । उनको उपचारको क्रममा मृत्यु भएको बताइएको छ भने सोही दुर्घटनामा घाइते चालक दोलखा घर भई हाल चाँगुनारायण-७ बागेश्वरी बस्ने बर्ष २० को प्रदिप राउतलाई थप उपचारका लागि केएमसी अस्पताल सिनामंगल पुर्याइएको छ ।

    त्यसैगरी बुधवार साझ ७ बजेको समयमा गठ्ठाघरमा भएको दुर्घटनामा पनि एकजनाले ज्यान गुमाएका छन् । मध्यपुर ठिमी न.पा.३ गठ्ठाघरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ त ८६८ नं.को ट्याक्टरमा सोही दिशातर्फ जाँदै गरेको प्रदेश ३–०२–००३ प ५५२९ नाम्परको मोटरसाइकलले पछाडीबाट ठक्कर दिंदा मोटरसाइकलको पछाडी सवार रामेछाप सुनापाती गाउँपालिका- ३ घर भएका २९ वर्षीय रोमन तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    सोही ठेगानाका मोटरसाइकल चालक धन बहादुर थिङको ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...