News Portal

  • बौद्ध धर्मावलम्बीको ‘गुँला’ पर्व सुरु

    हीना सुवाल भक्तपुर, १७ साउन
    ११०४ पटक
    भक्तपुर, १७ साउन

    बौद्ध धर्मावलम्बीको महत्वपूर्ण सांस्कृतिक ‘गुँला’ पर्व आज शुक्रबारबाट सुरु भएको छ । साउन शुक्ल प्रतिपदाबाट सुरु हुने यो पर्व एक महिनासम्म चल्छ ।

    नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो । यसरी गुँलाको अर्थ नवौं महिना हो । नेपाल संवतको नवौं महिनामा मनाइने भएकाले यो पर्वलाई गुँला पर्व भन्ने गरिएको हो । नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना सम्म यो पर्व मनाउने परम्परा रही आएको छ ।

    यस अवसरमा काठमाडौं उपत्यकाका नेवारहरु धाः बाजा (गुँला बाजा) बजाउँदै चैत्यहरु परिक्रमा गर्ने गर्दछन् । विशेष गरी भने स्वयम्भूमा भक्तजनहरुको बाक्लो भीड लाग्ने गर्दछ । साथै धिमे, बाँसुरी, खिं लगायतका बाजाहरु पनि बजाउने गरिन्छ ।

    असः बाजः गुठीका गुरु पूर्णमान तुलाधरका अनुसार पहिलेको तुलनामा बाजाहरु सिक्ने पनि धेरै रहेको छ । साथै उनले हरेक दिन बाजामा संलग्न सबैलाई खानपिनको व्यवस्था गर्नपुर्ने भएकोले महानगरपालिकाबाट पनि केही सहयोग हुने जानकारी दिए ।
    सामान्यतया: नेपाल संम्बतको नौ महिनामा पर्ने यो पर्व विशेषगरी बौद्ध धर्मावलम्बीको महत्वपूर्ण पर्वका रुपमा परिचित छ ।

    भक्तपुरमा पनि यो पर्व आजबाट शुरु भएको छ । यहाँका शाक्य, बज्राचार्य, मानन्धरलगायतका बौद्ध धर्मावलम्बीको लागि यो पर्वले विशेष महत्व राखेको छ भने यहाँका हिन्दू धर्मावलम्बीले पनि यसलाई आफ्नो पर्वको रुपमा स्वीकार गरेको पाइन्छ ।

    बौद्ध बिहारका साथै हिन्दू मठमन्दिरको समेत परिक्रमा गरी मनाइने यो पर्व धार्मिक सहिष्णुताको अनुपम उदाहरण समेत बन्न सकेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...