News Portal

  • भक्तपुर प्रहरीद्वारा २ हजार ९० लिटर घरेलु मदिरा नष्ट

    भक्तपुर, १८ साउन
    ८५४ पटक
    भक्तपुर, १८ साउन

    फाइल फोटो

    भक्तपुर प्रहरीले अबैध घरेलु मदिरा र त्यसमा प्रयोग गरिने कच्चा पदार्थ नस्ट गरेको छ । दुई हजार ९० लिटर घरेलु मदिरा प्रहरीले नष्ट गरेको हो ।

    महानगरीय प्रहरी परिसर भक्तपुरले शनिवार पोखेर उक्त मदिरा नष्ट गरिएको जनाएको छ ।

    पारिसरले जनाए अनुसार उक्त परिसर र जगाती वृत्त समेतको प्रहरी टोलीले अवैध मदिरा बरामद गरेको थियो । प्रहरी टोलीले उक्त मदिरा सूर्यविनायक-७ किवाचोकबाट बरामद गरेको भक्तपुर प्रहरीका सूचना अधिकारीसमेत रहेका डीएसपी रेवतीरमण पोखरेलले बताए ।

    मदिरा र त्यसमा प्रयोग गरिने कच्चा पदार्थका भाँडाकुडा र ड्रमहरु सहित नियन्त्रणमा लिई स्थानीय वुद्धिजिवीको उपस्थितिमा प्रहरी परिसरको हाताभित्र पोखेर उक्त मदिरा नष्ट गरिएको डीएसपी पोखरेलले प्रष्ट पारे ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा सरकारी जग्गा देखाइ बैना लिने २ पक्राउ

    bhaktapurpolice

    अरुको जग्गा मात्र नभई सरकारी जग्गा समेत देखाइ बिक्री गर्न बैना लिएको अभियोगमा दुईजना पक्राउ...

    ४ अग्रज जनपक्षीय पत्रकारहरु पुरस्कृत

    सहिद पत्रकार कृष्ण सेन ‘इच्छुक’ को २० औं स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपाल सम्बद्ध...

    ‘माटो जोगाऔं’ अभियानमा भक्तपुरका मेयर र उपमेयरको ऐक्यवद्धता

    save soil

    ‘माटो जोगाऔं’ भन्ने बिश्वब्यापी अभियानमा भक्तपुर नगरपालिकाका मेयर र उपमेयरले पनि ऐक्यवद्धता जनाएका छन् ।...

    सहकारीहरु मूल्य, मान्यता र सिद्धान्त बाहिर जाँदा समस्या

    shashi

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरु मूल्य, मान्यता र सिद्धान्त अनुसार...

    भक्तपुरको धारामा खस्यो मेलम्चीको पानी, स्थानीय दङ्ग

    सुनिल sunil prajapati

    बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी भक्तपुरमा प्रवेश भएको छ । बिहीबार मध्याह्न १२ बजेदेखि भक्तपुरबासीहरुको...