News Portal

  • चाँगुनारायणमा नयाँ कलेज सञ्चालन : रोम्बस स्कूलको सफलतापछि अब रोम्बस कलेज पनि

    भक्तपुर, १९ साउन
    ९०४ पटक
    भक्तपुर, १९ साउन

    भक्तपुर, १८ साउन । भक्तपुरको चाँगुनारायण नगरपालिकामा नयाँ कलेज सञ्चालनमा आएको छ । चाँगुनारायण- ७ कमलविनायकमा नयाँ कलेज संचालनमा आएको हो ।

    विद्यालय शिक्षाको क्षेत्रमा योगदान गरिरहेका शिक्षाकर्मी मिलेर नयाँ कलेज संचालनमा ल्याएका हुन् ।रोम्बस स्कूलको सफलतापछि ‘रोम्बस नेशनल कलेज’ नामक कलेज शनिवार उद्घाटन गरिएको हो । उक्त कलेजका प्रिन्सिपलमा शिक्षाकर्मी डा. राजेन्द्र कोजू रहेका छन् ।

    शनिवार चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र र द्वन्द्व व्यवस्थापनविद् एवं नेपाली सेनाका पूर्व रथी बालानन्द शर्माले संयुक्त रुपमा कलेज उद्घाटन गरेका थिए ।

    कलेज उद्घाटनको कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख मिश्र र द्वन्द्व व्यवस्थापनविद् शर्माले कलेजले शिक्षाको गुणस्तर बढाउँन मद्दत गर्नुपर्ने बताउदै सम्पन्नको लागि मात्र नभई विपन्न विद्यार्थीलाई समेत शिक्षाको अवसर दिनुपर्नेमा जोड दिएका थिए ।

    उक्त अवसरमा उनीहरुले भर्ना भएका विद्यार्थीहरुलाई ‘शतप्रतिशत छुट’ को पत्र समेत प्रदान गरेका थिए । कार्यक्रममा उनीहरुले शिक्षा सुधारका लागि थुप्रै सुधार गर्न जरुरी रहेको उल्लेख गरे ।

    यसै शैक्षिक सत्रदेखि स्नातक तहमा बीएसडब्लू र बीबीएसको पठनपाठन गर्ने गरी कलेज सञ्चालनमा ल्याइएको कलेजका प्रिन्सिपल डा. राजेन्द्र कोजूले जानकारी दिए । ‘विद्यार्थीहरुलाई प्रयोगात्मक र व्यवहारिक रुपले शिक्षा दिनका लागि कलेज सञ्चालनमा ल्याएका हौं ।’ उनले भने ।

    कलेज व्यापारिक उदेश्यले नभई सेवाको भावनाबाट संचालनमा ल्याइएको र शिक्षाको विकाशमा यसको ससक्त योगदान रहने प्रिन्सिपल कोजुको दावी रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...