News Portal

  • पोखरी मासेर विद्यालय

    निशा कुस्मा/ भक्तपुरपोस्ट भक्तपुर, २१ साउन
    १९१५ पटक
    भक्तपुर, २१ साउन

    भक्तपुर नगरपालिका भरी नाम दर्ता गरेका सानाठूला सबै गरी ४२ पोखरीहरु रहेका छन् । त्यसमध्ये सानो बनाईएका २ पोखरीहरु गरी जम्मा ३४ वटा पोखरीहरु मात्र अस्तित्वमा छन् भने बाँकी ८ वटा पुरिइसकेका छन् । पुरिएका ८ पोखरीहरुमध्ये ३ वटामा हाल विद्यालय सञ्चालन गर्दै आइएको छ ।

    भक्तपुरको कमलविनायक बसपार्कबाट पश्चिममा रहेको सरस्वती विद्यागृह माध्यमिक विद्यालय र विद्यालय अगाडी रहेको ठूलो चौर नजिकै रहेको लामगाल(रावणको खुट्टाले बनाएको खाल्डो) पुखुका(पोखरीका) अंशहरु पुरेर बनेको हो । पहिलेको तुलनामा अहिलेको लामगाल पुखुको (पोखरीको) दशांस भाग मात्र बाकी रहेको वागीश्वरी उच्च माविका सहप्रचार्य ज्ञानसागर प्रजापति बताउँछन् ।

    लामगाल पोखरी छेवैका स्थानीय आशकुमार प्रजापतिले पहिला पोखरीको सिमाना दक्षिणमा हालको टहराहरु, पुर्वमा गाडी गुड्ने सडक, पश्चिममा सरस्वती विद्यागृह मावि र उत्तरमा आफ्नो घर भन्दा ४ फिट अगाडी सम्म भएको भक्तपुर पोस्टसंग भनेका छन् । उनका अनुसार पोखरी ठूलो थियो ।नेपालमा जर्मन प्रोजेक्ट भित्रिएको बेलामा भक्तपुरको लामगाल पुखुको केही अंशमात्र बाँकी राखेर पुरेको आशकुमार बताउँछन् । त्यसपछि सो ठाउँमा सरस्वती विद्यागृह माध्यमिक विद्यालय भवन, चौर बनेको र पोखरीको सिमा मिच्दै स्थानीयबासीहरुले टहरा र बाटोघाटोको निर्माण गरेको उनले भनाइ छ ।

    त्यस्तै गरी हालको आदर्श उच्च माविको पुरानो भवन बनेको ठाउँमा न्हाँ (पानीमा पाईने झार) पुखु, प्रभात उच्च माविको नयाँ भवन महाकाली (नवदुर्गाको एक देवी) पुखु पुरेर बनेको, झलप्व (नित्यनाथको नाममकरण) पुखु पुरेर समाज सुधार मावि पुरानो भवन, च्यामासिङमा रहेको जनस्वाथ्यको भवन ख्यो (ठूलो खुल्ला चौर) पुखु पुरेर बनाएको स्थानीयबासी आशबहादुर तुल्सीबाख्योले बताए । पुखुमा पानीको सतह घट्दै जाँदा फोहर हुने क्रम बढ्दै गएको र बालबालिकाहरु खेल्ने बेला पुखुमा खसेर डुवी मरेका हुनाले नजिकैको पुखु नगरपालिकाले पैसा दिएर पुर्न लगाएको तुलसीप्रसाद तुल्सीबाख्यो बताउँछन् ।

    नगर बनाउँदा नगरको स्वरुपलाई आर्कषण बढाउनको लागि नगर प्रवेशद्वार भित्र वा बाहिर तथा अन्य क्षेत्रहरुमा पोखरीहरु निर्माण गर्ने परम्परा रहेको विगतका वास्तुकला पनि उल्लेख भएको संस्कृतिविद् ओम धौवडेल बताउँछन् ।’ कुनै कारणबस आगलागी भयो भने त्यसलाई नियन्त्रण गर्न र जलचर प्राणीको प्रयोजनका लागि पहिले देखि नै ठाउँठाउँमा पोखरीको निर्माण गरेको इतिहासमा रहेको धौवडेलले बताएका छन् ।

    ३०/४० वर्ष अघिको शिक्षाको प्रचार गर्ने क्रममा उक्त पोखरीहरु पुरिएको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति स्वीकार गर्छन् । उनले उहीलेको नगरपालिका नाम मात्रको रहेको र कारवाही गर्ने प्रकृया नगरपालिकाको हकमा नरहेको बताउँछन् ।

    केही पोखरीहरु पुरिएर विद्यालय, बाटो र स्वास्थ्य क्षेत्रका लागि भवन निर्माण गरी कार्य सञ्चालन गरिरहेको छ भने केही उत्खनन् गरी पुनः निर्माण गरिरहेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताएका छन् । पोखरीको ऐतिहासिक महत्त्वलाई ध्यानमा राखी स्थानीयबासिन्दा र वडा कार्यालयका कर्मचारीहरु मिलेर वार्षिक एक वा दुई पटक सरसफाई गरी पोखरी वरिपरि फूलहरु रोप्ने र माछा पालन गरेको प्रजापतिले बताए ।

    भक्तपुरको कतिपय पोखरीहरुको न्हाँ पुखु, अँचा पुखु, गल्सी पुखु, झलप्व पुखु, ग्वंग पुखु, ख्यो पुखु, लैको खँला पुखु, धवा पुखु, इनाडो पुखु, इनामा पुखु, भुँलाचा पुखु, नर्केबहार पुखु आदिको नामाकरण अहिलेका पुस्ताले कमै मात्र सुनेको होला । यस्ता पोखरीहरुको अस्तित्व नै मासेर विभिन्न प्रायोजनका लागि भवन निर्माण गरी सञ्चालानमा छन् । यसरी पोखरी मास्दै जाँदा पोखरी नजिकैको ढुङ्गेधाराहरुमा आउने पानीको मुहान सुक्दै गएपछि ढुङ्गेधाराहरुमा पनि पानी सुक्दै गएको सहप्रचार्य प्रजापतिले बताए ।

    जसरी पोखरीको महत्वलाई ख्याल गरी पुनः निर्माणको कार्य अगाडी बढेको छ । त्यसरी नै भावी पुस्तासम्म पुग्दा यसको महत्त्व अझै बढ्ने निश्चित छ । त्यतिबेला पोखरी पुरेर बनाएका विद्यालयहरु भत्काई उत्खनन् गर्न कतिको उचित वा सहज हुँदो हो त्यो सोचनीय विषय बनेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर भयो जनघनत्वको आधारमा देशकै दोश्रो ठुलो जिल्ला

    जनघनत्वको आधारमा भक्तपुर देशकै दोश्रो ठुलो जिल्ला बन्न पुगेको छ । काठमाडौ पछि भक्तपुर जनघनत्वको...

    भक्तपुरको जनसङ्ख्या वृद्धिदर सबैभन्दा बढी

    bhaktapur post

    अघिल्लो जनगणनाको तुलनामा भक्तपुरको वार्षिक जनसङ्ख्या वृद्धिदर देशका ७७ जिल्लामध्ये सबैभन्दा बढी र रामेछापको वार्षिक...

    खुम्चियो एमाले

    राष्ट्रियसभा निर्वाचनमा सत्तागठबन्धनलाई फाइदा पुगेको छ । राष्ट्रियसभाका रिक्त १९ सिटमा भएको निर्वाचनमा सत्ता गठबन्धन...

    नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०

    census

    नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । केन्द्रीय...

    आईपीएल अक्सनमा नेपालका १५ खेलाडी

    इन्डियन प्रिमियर लिग ( आईपीएल ) को अक्सन फेब्रुअरी १२ र १३ तारिखमा भारतको बैंगलोरमा...