News Portal

  • करको सदुपयोग भए नभएको बारे चासो लिन नगर प्रमुख प्रजापतिको अपिल

    भक्तपुर, २५ साउन
    १११३ पटक
    भक्तपुर, २५ साउन

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारी संस्थाहरूले समयमै कर बुझाउनुपर्ने र करको सदुपयोग भए नभएकोबारे चासो लिनुपर्ने बताएका छन् ।

    शनिवार भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आयोजित ‘सहकारीमा सन्दर्भ ब्याजदर, कोपोमिस र करसम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित प्रमुख प्रजापतिले सदुपयोग भएन भने जनताले तिरेको करको भार लाग्ने भन्दै भक्तपुर नगरपालिकाले करको दुरुपयोग हुन नदिने प्रतिबद्धता प्रकट गरे ।

    भक्तपुर नगरपालिकाले जनताको गुनासोलाई ध्यानमा राखेर कर नीतिमा सुधार गरेको जिकिर गर्दै नगर प्रमुख प्रजापतिले करलाई बोझको रुपमा बुझ्न नहुने बताए ।

    सहकारी संस्थाहरूले आर्थिक विकाशमा योगदान गर्नुपर्नेमा जोड दिंदै उनले पर्यटन क्षेत्रमा लगानी बढाउनुपर्ने समेत बताए ।”पर्यटनसँग सम्बन्धित होटल, पसल र उपहार सामग्रीहरू उत्पादन गर्ने उद्योगहरूमा सहकारी संस्थाहरूले लगानी बढाउनुपर्छ ।” उनले भने ।

    एक फरक प्रसंगमा बोल्दै नगर प्रमुख प्रजापतिले सरकारले ठेकेदारलाई चलाउनुपर्नेमा ठेकेदारहरूले सरकारलाई चलाइराखेको धारणा व्यक्त गरे । नगरकोटको सडक वर्षौं वित्दा पनि निर्माण हुन नसक्नु त्यसैको एक उदाहरण भएको उनको भनाइ छ ।

    कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भक्तपुरका प्रमुख सूर्यप्रसाद पोखरेलले सहकारी र करको वबर्तमान अवस्थाबारे अर्थ्याएका थिए । उक्त अन्तरक्रिया कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नगरपालिको सहकारी ऐनबारे जानकारी गराएका थिए भने भक्तपुर नगरपालिकाको सहकारी समन्वय उप–समितिका संयोजक जगन्नाथ प्रजापतिले एक व्यक्ति एक सहकारी मान्य नहुने बताए ।

    भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा संघका उपाध्यक्ष हरि बल्ल लगायत विभिन्न सहकारीका प्रतिनिधिहरुले आफ्ना धारणा राखेका थिए ।

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...