News Portal

  • ४ देखि ५ दिनमै सिक्न सकिन्छ महाकाली नाच (गुरु भक्तबहादुर घजु र रामकृष्ण वैद्यसँगको संवाद)

    महाकाली नाचका गुरु भक्त बहादुर घजु र रामकृष्ण वैद्यसँग भक्तपुर पोस्टका लागि हिना सुवालले गरेको संवाद

    भक्तपुर, २७ साउन
    २०२१ पटक
    भक्तपुर, २७ साउन

    जात्रा र पर्वमा धनी नेवा: समुदाय जात्रा सँगसँगै आफ्नो मौलिकता झल्काउने नाचहरु पनि प्रस्तुत गर्छन् । भैरव नाच, देवी नाच, महाकाली, बाराही नाच लगायत अन्य थुप्रै नाचहरु भक्तपुरमा नाच्ने/नचाइने गरिन्छ । यी नाचहरु विशेष गरी गाईजात्रा पछि निकालिन्छ र टोल–टोलमा प्रस्तुत गरिन्छ ।

    विभिन्न नाचहरु मध्ये मध्यपुर थिमीको नगदेशबाट निकालिने महाकाली नाच पनि एकदमै रोचक र महत्वपूर्ण छ । यही नाचको विषयलाई लिएर विगत लामो समयदेखि नाचलाई अगाडि बढाउँन सक्रिय रहेका यसका गुरु भक्त बहादुर घजु र रामकृष्ण वैद्यसँग भक्तपुर पोस्टका लागि हिना सुवालले गरेको संवाद यहाँ प्रस्तुत गरिएको छ ।

    महाकाली नाच कहिलेबाट शुरु भयो ?
    खासमा यो नाच कहिलेबाट सुरु भयो भनेर हामीलाई पनि थाहा छैन । तर सुनेबुझे अनुसार भने मल्लकालबाट नै यसको शुरु भएको मानिन्छ । पहिले कसैलाई लेख्न नआएर नलेखेको होकि अथवा के हो जसले गर्दा आज हामीलाई समस्या भएको छ । जसले सोध्दा पनि थाहा छैन भनि जवाफ फर्काउनु पर्ने स्थिति हुन्छ । (हाँस्दै)

    यो नाच सिकाउन कति समय लाग्छ ?
    त्यो पनि सिक्नेमै भर पर्छ । यदि कलाकारहरुले इच्छा राखेर सिक्यो, ४ देखि ५ दिनमै पनि सिक्न सकिन्छ । यदि छैन भने त हप्तौ पनि लाग्छ । मुख्य कुरो भनेको इच्छाशक्ति नै हो ।

    महाकाली नाचमा कतिदेखि कति उमेर समूहका गणनाच (नाच्ने कलाकार) हुन्छन् ?
    यस नाचको लागि उमेर चाहिदैन, इच्छाशक्ति भए पुग्छ । जसलाई मन लाग्छ, उसले सिक्न सकिन्छ । अहिले आउँदो गाईजात्रालाई निकालिने नाचमा भने १० देखि ३० वर्ष उमेर सम्मका छन् । उनीहरुलाई अहिले स्वस्थानी वैद्यले सिकाउदै गरिएको छ । उनले पहिले महाकाली बनेर महाकाली नाच नाचिसकेका छन् ।

    नाचमा कति जना गणनाचहरु हुन्छन् ?
    महाकाली, महालक्ष्मी, कुमारी, सिंह–१, बेतं–४, भूत भैरव–२, कवां–२, ख्यां–२, माकं २, दैत्य १, मयूर १ गरी जम्मा १९ जना रहेका हुन्छन् ।

    नाचको लागि के–के आवश्यक पर्दछ ? आवश्यकता अनुसार कहाँबाट रकम जुटाउनु हुन्छ ?
    पहिले त मौलिकता झल्किने आवश्यक पोशाक र बाजागाँजा नै हो । यो हामीसँग पर्याप्त मात्रामा छ । अन्य कुरा भनेको नाच निकालिसकेपछि ४ दिन नगदेशको सबै टोलमा नाच देखाउनु पर्दछ र साथै भोज पनि गर्नुपर्छ । भोजको लागि टोलबासीहरुले सहयोग गर्छन । अहिलेसम्म त्यस्तो आर्थिक समस्या भने आएको छैन । फेरि हामीले यसको लागि एउटा कोष पनि स्थापना गरेका छौं ।

     बाजा चाहिं कति थरिको बजाइन्छ ?
    महाकाली नाचमा धेरै परम्परागत बाजाहरु बजाइन्छ । जस्तैः धाः, , खिंङ, म्वाली, पछिम्मा, ललांखिङ, नाय्रखिङ, भुस्या, ताः, झ्याली आदि ।

    अन्त्यमा, महाकाली नाच किन नचाइन्छ भन्ने कुरा बताइदिनुस ।
    मल्लकालीन समयमा नगदेशका जनताहरुलाई दैत्यहरुले धेरै सताउने गर्थे । सहरमा अनिकाल नै मच्चिएको थियो । पानी नपर्ने, जनताहरुलाई विभिन्न रोग लाग्ने, जति उपचार गर्दा पनि निको नहुने, बाली नष्ट हुने आदि समस्याले ग्रस्त बनाएको थियो । अन्त्यमा महाकाली स्वयम प्रकट भई ती दैत्यहरुसँग सामना गर्नुभयो । महाकालीले ती दैत्यहरुलाई लडाई गरी हराएपछि सहरमा उत्सव छायो । त्यही उत्सवको खुशियालीमा नै महाकाली नाच नचाइएको हो । यो नाच हुन त अरु टोलबाट पनि निकालिने गरिएको छ । तर, तिनीहरुलाई पनि यहीकै गुरुले सिकाइएको हो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...