News Portal

  • घर सिल गर्नुका साथै १ सय ६४ जनाको कोरोना टेस्ट गरेका छौं : वडाध्यक्ष रवीन्द्र ज्याख्व

    भक्तपुर, १४ जेठ
    ३३४२ पटक
    भक्तपुर, १४ जेठ

    (भक्तपुरमा कोरोना संक्रमितको संख्या ४ रहेकोमा दुवाकोटका २७ वर्षीय सुरक्षाकर्मी पुरुष र थिमी बस्ने २५ वर्षीया स्वास्थ्यकर्मी युवती केहि दिन अघि नै डिस्चार्ज भएका छन् भने भक्तपुर नगरपालिका वडा नम्बर ५ घर भै काठमाडौं महानगरपालिकामा कार्यरत एक पुरुष कर्मचारी तथा वडा नम्बर ९ की एक ४२ वर्षीया महिला जनप्रतिनिधि अस्पतालमा स्वास्थ्य लाभ गरिरहेको अवस्था छ । भक्तपुरमा कोरोना सतर्कताका सम्बन्धमा पछिल्लो अवस्थाबारे भक्तपुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व: संग भक्तपुर पोस्टका लागि संजीप शुभचिन्तकले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।)

    वडाध्यक्ष ज्यू, वडा नम्बर ९ मा जनप्रतिनिधिलाई नै कोरोना पोजेटिभ देखिएको भन्ने छ । उहाँको स्वास्थ्य अवस्था कस्तो छ ।

    उहाँ अस्पतालमा रहेर स्वास्थ्य लाभ गरिरहनु भएको छ । उहाँमा कोरोना भाइरस संक्रमणको कुनै लक्षण देखिएको छैन । उहाँमा यस सम्बन्धी जटिल स्वास्थ्य समस्या छैन । स्वास्थ्य अवस्था सामान्य नै रहेको छ । पुन: परीक्षणपछि मात्र कोरोना बारे यकिन तथ्य आउने चिकित्सकहरुको भनाइ छ ।

    रिपोर्टले वडामा एक कोरोना पोजेटिभ देखाएपछि संक्रमणको विषयलाई लिएर स्थानीय कत्तिको चिन्तित छन् ?
    कोरोना भाइरस महामारी भएकोले स्थानीय चिन्तित हुनु स्वाभाविकै हो । यद्यपी, हामीले उक्त घर सिल गरेर परिवार र सम्पर्कमा रहेका सबैको स्वास्थ्य चाँज गर्दा हालसम्म कसैमा कोरोना पोजेटिभ पाइएको छैन ।

    हालसम्म कतिजनाको कोरोना परीक्षण गरिएको छ ?
    हालसम्म १ सय ६४ जनाको कोरोना परीक्षण गरिएकाे छ । त्यसमा १ सय १० जनाको रिपोर्ट प्राप्त भैसकेको छ । सबै रिपोर्टमा कोरोना नेगेटिभ देखिएको छ ।

    सामान्य रुघाखोकीमा पनि मानिसहरु कोरोना आशंकाले त्रसित हुने अवस्था छ । यस्तोमा वडाका जो कोहीले चाहेमा कोरोना टेस्ट गर्न पाउँछन् कि पाउँदैनन ?

    कोरोना टेस्टका लागि हामीसंग पर्याप्त किट छैन । हाम्रै वडामा रहेको जनस्वास्थ्य  केन्द्रमा हामीले परीक्षणका लागि नमूना संकलन गर्ने व्यवस्था मिलाएका छौं । सरकारले पर्याप्त टेस्टको सुबिधा नदिएकाले हामी सबैको कोरोना परीक्षण गर्न असमर्थ छौं । चिकित्सकको शिफारिसमा शंकास्पद कन्ट्याक्ट हिस्ट्री भएका र कोरोनाका लक्षणहरु देखिएकाहरुको मात्र कोरोना परीक्षण गरिंदै आएको अवस्था छ ।

    वडामा कोरोना देखिएपछि जनप्रतिनिधिहरु हतोत्साही त हुनुभएको छैन ?

    हामी उच्च मनोबलका साथ् स्थानीय जनताको स्वास्थ्य सुरक्षाको लागि खटिरहेका छौं । कोरोनासंग डराएर बस्ने छुट जनप्रतिनिधिलाई छैन । यससंग मुकाबिला गर्ने समय हो यो । हामी कोरोना महामारीलाई परास्त गर्न अझ सचेतता र सक्रियतापूर्वक लागिरहेका छौं ।

    कोरोना संक्रमण बिरुद्ध तपाईहरु कसरी काम गरिरहनु भएको छ ?
    हामीहरुले स्थानीय प्रशासन र प्रहरीसंग समन्वय गरी बिभिन्न रणनीतिहरु बनाएका छौं । लकडाउनलाई कडाइ गर्दै सामाजिक दुरी कायम गर्न चेतनामूलक प्रचारप्रसार गर्दै आएका छौं । अत्यावस्यक सामाग्रीको बजारलाई व्यवस्थित बनाएका छौं । सम्भावित संक्रमितहरुको पहिचान गरी स्वास्थ्य परीक्षण गर्दै आएका छौं । बाहिरी जिल्लाबाट भक्तपुर प्रवेशमा पूर्णतया रोक लगाएका छौं । स्वास्थ्य परीक्षणकाे रिपोर्ट बिना कोहिपनि आगन्तुक भक्तपुर प्रवेश गर्न पाउनेछैनन ।

    किनमेलमा निस्कदा कोरोना जोखिम कत्तिको छ ?
    हामीले समय तोकेर बिहान बेलुका सामाजिक दुरी सहित तरकारी बजार व्यवस्थापन गरेका छौं । खाद्यान्नका पसलमा भिडभाड हुन नदिन र सुरक्षा सामाग्री प्रयोगको अवस्था बारे अनुगमन बढाएका छौं । हात धुने पानी र साबुनको ठाउँ ठाउँमा व्यवस्था गरेका छौं । अनावश्यक काममा घर बाहिर निस्कन निरुत्साहित गर्नुका साथै किनमेलका नाममा सपरिवार घर बाहिर निस्कने हरुलाई रोक लगाएका छौं । किनमेल गर्दा सावधानी अपनाउन र सुरक्षित किसिममले सामान घर सम्म ल्याउन जनचेतना व्यापक बनाएका छौं ।

    दुई महिना भन्दा लामो लकडाउनका कारण काम गरी खानुपर्ने मानिसहरुको व्यवस्थापन कसरी गरिएको छ ?
    हामीले काम नगरी खान नपाउने र न्यून आय भएका मानिसहरुको पहिचान गरी पर्याप्त राहत वितरण गरेका छौं । खान समस्या भएमा उहाँहरु सिधै वडा कार्यालयमा सम्पर्क राख्न सक्ने र हामीले तत्काल सहयोग गर्ने व्यवस्था मिलाउदै आएका छौं । हाम्रोमा खान नपाएर कोही भोकै रहनुपर्ने अवस्था छैन ।

    वर्षा शुरु भैसकेको छ , किसानहरुको लागि यो समय महत्वपूर्ण मानिन्छ । लकडाउनका कारण उनीहरुलाई खेतीपाती गर्न कत्तिको असहज भएको छ ?

    हामी किसानहरुलाई खेतीपातीमा सहजीकरण गरिरहेका छौं । उहाँहरुकाे दैनिक काममा लकडाउनका कारण बाधा हुन नदिन हामी सचेत छौं । हामीले किसानलाई निशुल्क धानको बिउँ बाडेका छौं । कृषी कर्ममा घर बाहिर निस्कने स्थानीयलाई कुनै अवरोध छैन ।

    वडाका बालबालिकाहरुलाई कोरोनाको मनोबैज्ञानिक त्रासबाट बचाउन र उनीहरुलाई पढाईसंग जोड्न के उपाय अपनाइएको छ ?
    बालबालिकाहरुमा कोरोनालाई लिएर नकारात्मक बिचार , डर र त्रास हुनुहुँदैन । हामीले यस विषयमा अनावश्यक डर हटाउन तर सचेत गराउन आवश्यक प्रचारप्रसार गरिरहेका छौं । अभिभावकहरु समेत यस विषयमा सचेत हुनु आवश्यक छ । बालबालिका अनावश्यकरुपमा आतंकित हुनेगरी डर फ़ैलाउनुहुदैन । फेक न्युज र अफवाहहरुबाट उनीहरुलाई पर राख्नुपर्छ । जहाँसम्म उनीहरुको पठनपाठनको कुरा छ, देशैभर यो समस्या रहेकोले अहिले पढाईलाई भन्दा स्वास्थ्यलाई महत्व दिनुपर्ने अवस्था विद्यमान छ । यद्यपी, उनीहरुलाई कसरी सिकाइसंग जोड्ने भन्ने सम्बन्धमा हामी संबेदनशील रहेका छौं ।

    संकटको यस समयमा भक्तपुर पोस्ट मार्फत तपाईको संदेश के छ ?
    सम्पूर्ण आमाबुबा, दिदीबहिनी र दाजुभाइहरुलाई घरमै सुरक्षित बस्न अनुरोध गर्दछु । बाहिरबाट आउने परिचित/ अपरिचित जो कोही व्यक्तिबारे जानकारी गराउनु र उहाँहरुलाई कोरोना टेस्टका लागि आग्रह गर्नु हामी सबैको दायित्व हो । कोरोनाबारे अनावश्यक हल्ला, फेक न्युज, भ्रम र अफवाहहरुको पछि नलाग्नुहोला । मानसिक तनाव मुक्त रहेर सकारात्मक उर्जाका साथ् कोरोनामुक्त जीवनका लागि आआफ्नो तर्फबाट योगदान गरौँ भन्ने अनुरोध गर्दछु ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...