






भक्तपुर, ३१ साउन प्रहरी प्रधान कार्यालयले एकैपटक ७९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ।
प्रहरी महानिरीक्षकको निर्णय अनुसार उनीहरुको बिहीवार सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सरुवा निर्णयसंगै भक्तपुरमा नयाँ डीएसपी आउने भएका छन् । एसपी शिशु शर्माले राजिनामा दिएपछि रिक्त महानगरीय प्रहरी वृत्त जगातीको प्रमुखमा चक्रराज जोशी सरुवा भएका हुन् । जोशीलाई लागू औषध नियन्त्रण ब्युरो काठमाडौबाट जगाती वृत्तमा सरुवा गरिएको हो । उनको ठाउँमा दाङ बाट प्रेम बहादुर शाहीलाई ल्याइएको छ । जोशी जगाती वृत्तमा काजमा रही कार्यरत थिए । उनलाई सोही ठाउँमा सरुवा गरिएको छ ।
भक्तपुरमा कार्यरत दुई डीएसपीलाई भने चलाइएको छैन ।
महानगरीय प्रहरी वृत्त महाराजगन्जमा उमेश लम्साल, कमलपोखरीमा भरतबहादुर विक,कालीमाटीमा रुगम कुवँर आएका छन् ।
इलाका प्रहरी कार्यालय इटहरीको इन्चार्जमा धर्मराज भण्डारी, टाँडी चितवनमा भावेश रिमाल, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा नारायणप्रसाद चिमरिया, बझाङमा गणेश बम, रोल्पामा चित्रबहादुर गुरुङ, गोरखामा मित्रबन्धु शर्मा गएका छन्।
हेर्नुस सरुवा लिस्ट









भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...