News Portal

  • केही विषय संशोधन गर्नेगरी राष्ट्रिय शिक्षा नीति पारित

    काठमाडौं, ४ भदौ
    ३८१० पटक
    काठमाडौं, ४ भदौ

    राष्ट्रिय शिक्षा नीति मन्त्रिपरिषद्बाट पारित भएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले केही विषयमा छलफल र संशोधन गर्नेगरी नीति पारित गरेको मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ ।

    केही विषयमा प्रधानमन्त्रीको असहमति रहेका कारण त्यसलाई परिमार्जन गर्नेगरी बुधवार नै नीति पारित गरिएको जनाइएको छ । सोमवार बैठकमा पालो नआएपछि पारित हुन नसकेको राष्ट्रिय शिक्षा नीति बुधवार पारित भएको हो । सोमबार पारित हुने भनिएको शिक्षा नीति मन्त्रिपरिषद बैठकमा धेरै एजेन्डाहरु भएका कारण पालो नआएकोले स्थगित भएको थियो ।

    समयक्रमसँगै भएका राजनितिक, सामाजिक परिवर्तन र त्यसवाट राष्ट्रिय विकासमा परेका प्रभावहरू अनुरूप शिक्षा क्षेत्रको विकास र शासन प्रवन्धको लागि पनि स्वभावैले शिक्षा नीतिको परिमार्जन आवश्यक भएको भन्दै राजनीतिक परिवर्तनसँगै जारी भएको नेपालको संविधानमा व्यवस्था भएका शिक्षा सम्वन्धी मौलिक हक र राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरूमा समाविष्ट विषयको प्रभावकारी कार्यान्वयन गर्न पनि नीतिगत मार्गदर्शन आवश्यक रहेको र त्यसको लागि शिक्षा नीति जरुरी रहेकोले ल्याउनुपरेको सरकारको जिकिर छ ।

    राज्य पुनःसंरचनासँगै शासकीय संरचनामा भएको परीवर्तन अनुरूप शासन सञ्चालनका तिन वटै तहमा सरकारहरू गठन भई आफ्नो कार्य प्रारम्भ गरिसकेका छन् । शिक्षा प्रशासन सञ्चालन गर्दा कुन तहको सरकारको कार्य जिम्मेवारी के हुने र कसरी निर्वाह गर्ने भन्ने विषयको निर्धारण गर्नु आवश्यकता नै भैसकेको परिपेक्षमा शिक्षा प्राप्तिको अधिकार सुनिश्चित गर्न सकियोस् भन्ने हेतुले नयाँ शिक्षा नीति ल्याउनुपरेको बताइएको छ ।

    बुधवारको बैठकमा राष्ट्रिय शिक्षा नीति, चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति र शिक्षक दरबन्दी मिलान गरी शिक्षाका तीनवटा प्रस्ताव पेश भएका थिए ।

    यसअघि डेढ महिना मन्त्रिपरिषद्कै सामाजिक समितिमा छलफल भएको नीतिको मस्यौदा केही दिन अघि मात्रै मन्त्रिपरिषद्मा पुगेको थियो । मन्त्रिपरिषद्को बुधवारको बैठकमा शिक्षा नीति पारित भएको जनाइएको छ ।

    स्रोतका अनुसार मन्त्रिपरिषद्मा पारितका लागि पुगेको शिक्षा नीतिको मस्यौदामा शिक्षण पेशाको स्तरीकरण गर्न शिक्षकको सुविधा अन्य सेवा भन्दा उच्च बनाउने, शिक्षण पेशामा मेघावी विद्यार्थीहरुलाई आकर्षित गर्ने लगायतका प्रस्ताव उल्लेख थियो ।

    स्रोतका अनुसारबैठकमा शिक्षक कर्मचारीहरुको सुविधा वृद्धि गर्ने प्रस्तावमा प्रधानमन्त्री त्यति सकारात्मक नभएपछि केही विषय संशोधन गर्नेगरी नीति पारित गरिएको हो । पहिलेको मस्यौदामा नै धेरै परिमार्जन भएको नीतिमा फेरी के–के परिमार्जन हुने भन्ने खुलाइएको छैन ।

    राज्यलाई तत्काल थप व्ययभार थपिने भन्दै प्रधानमन्त्री शिक्षा नीतिका केही विषय प्रति त्यति सकारात्मक नभएको स्रोतले बतायो । तरपनि सुधार गर्ने गरी बुधवार नै नीति पारित गरिएको हो ।

    प्रधानमन्त्री विहीवार सिंगापुरको भ्रमणमा जाने भएकाले बुधवार राती अबेर सम्म बैठक बसेको थियो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...