News Portal

  • महानगरीय प्रहरी परिसर भक्तपुरमा इन्स्पेक्टरको कार्यकक्षमै पुगेर घुस दिने श्रेष्ठ समातिए

    भक्तपुर, ५ भदौ
    १७२९ पटक
    भक्तपुर, ५ भदौ

    जुवातासको अखडामा प्रहरीले छापा मारी धमाधम पक्राउ गर्न थालेपछि त्यसो नगर्न भन्दै घुस दिन खोज्ने एकजना पक्राउ परेका छन् । प्रहरी कार्यालयमै पुगेर घुस प्रस्ताव गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा स्थायी घर भई हाल भक्तपुरको भक्तपुर नगरपालिका- १ सल्लाघारी बस्ने ५६ वर्षिय गंगालाल श्रेष्‍ठ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    विहीवार श्रेष्ठले परिसरमा कार्यरत प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्‍टको कार्यकक्षमै पुगेर जुवा खेलाउन दिनुपर्‍यो भनि घुस रकम दिएको परिसरका सूचना अधिकारीसमेत रहेका डीएसपी रेवती रमण पोखरेलले पुष्टि गरे । उनका अनुसार नगद रु. ४० हजार दिएको अवस्थामा प्रहरी निरीक्षकले जानकारी गराएपछि श्रेष्ठ समातिएका हुन् ।

    घुस दिने गंगालाल श्रेष्‍ठलाई उनले दिएको घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाइएको डीएसपी पोखरेलले जानकारी गराए । यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट थप अनुसन्धान कार्य भैरहेको जानकारी प्राप्त भएको छ ।

    जुवातास खेलाउने श्रेष्ठले प्रहरीले घुस लिने आसंका मात्र गरेका हुन् अथवा यस अघिका अधिकारीहरुलाई घुस दिएर जुवातास खेलाउने अनुमति लिने गरेका थिए त्यसकोसमेत अख्तियारले अनुसन्धान गरिरहेको बताइएको छ ।

    गत असार ७ गते श्रेष्ठ सहितको टोली जुवा तास खेलिरहेको अवस्थामा सल्लाघारीबाट समातिएका थिए । त्यसमध्ये श्रेष्ठले मानिस बोलाइ जुवा तास खेलाउने गरेको खुल्न आएको थियो । प्रहरीले कानुनी कारवाही गरेर छुटे पश्चात सहज बातावरण बनाइदिन उनले उक्त घुस प्रस्ताव गरेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...