News Portal

  • विप्लवले निकाले एनसेल कर असुलीबारे विज्ञप्ति : निशानामा न्यायाधिस

    भक्तपुर, १४ भदौ
    १५९२ पटक
    भक्तपुर, १४ भदौ

    काठमाडौं, १४ भदौ । विद्रोही पार्टी ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सर्बोच्च अदालतका केही न्यायाधिसहरु भ्रष्ट भएको भन्दै उनीहरुको पुत्ला दहन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।एनसेल कर असुलीबारे सर्वाेच्च अदालतले गरेको निर्णयप्रति आपत्ति प्रकट गर्दै उक्त पार्टीले न्यायाधिसहरुको पुत्ला दहन कार्यक्रम सार्वजनिक गरेको हो ।

    शनिवार एक विज्ञप्ति जारी गर्दै विद्रोही नेकपाले अदालतको यो आदेशका विरुद्ध भदौ १७ गते न्यायाधीसहरुको पुत्ला दहन, १९ गते देशभर मसाल जुलुस, २१ गते एनसेल कार्यालयहरुमा विरोध प्रदर्शन, २३ गते एनसेल कार्यालयमा तालाबन्दी र २६ गते भ्रष्टाचारीहरुको पुत्लामा कालोमोसो दल्ने कार्यक्रम तय गरिएको जनाएको छ ।

    विद्रोही नेकपाका महासचिव विप्लवले आफ्नो पार्टीले सर्वोच्चको निर्णय खारेज गर्ने समेत दावी गरेका छन् । त्यतिमात्र होइन, अदालतको यो निर्णयपछि आफ्नो पार्टी एनसेललाई नेपालबाट नै खारेज गर्नुपर्ने निस्कर्षमा पुग्न लागेको विप्लवले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    पछिल्लो समय एनसेलका टावरहरुमा भौतिक आक्रमण गर्दै आइरहेको उक्त पार्टीले एनसेल कर असुलीबारे सर्वोच्च अदालतले भदौ १० गते गरेको फैसलाको बिरुद्धमा बिज्ञप्ती मार्फत विरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।

    हेर्नुस विज्ञप्ति

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...