News Portal

  • विद्युतमा ब्यापार नगर्न घरबेटीलाई कुलमानको कडा आदेश : तपाइँ पनि ठगिनु भएको त छैन ?

    भक्तपुर, ३० भदौ
    १३०८ पटक
    भक्तपुर, ३० भदौ

    नेपाल विद्युत प्राधिकरणले घर बहालमा बस्नेसंग मनलाग्दी विद्युत महसूल नलिन चेतावनी दिएको छ । राजधानी लगायत शहरी क्षेत्रमा घरबेटीले घर बहालमा बस्नेसंग मनलाग्दी विद्युत् महसुल लिएको विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै प्राधिकरणले त्यसो नगर्न निर्देशन दिएको हो ।

    प्राधिकरणद्वारा आइतवार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने प्राधिकरणको विद्युत्मा मनलाग्दी व्यापार नगर्न निर्देशन दिएका हुन् । घरबेटीले नाफाका लागि जथाभावी मससूल उठाउदा प्राधिकरणले महँगो मूल्यमा विद्युत बिक्रि गरेको गलत संदेश प्रवाह भएको भन्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले तोकिएको दरमा नबढाई विद्युत मससूल उठाउन घरबेटीलाई उर्दी जारी गरे ।

    घरबेटीले बढी महसूल उठाउदा प्राधिकरणप्रति नै नागरिको धारणा गलत हुने भएकाले जति विद्युत महसुल उठेको हो, त्यति मात्रै घर बहालमा बस्नेसँग महसुल लिनूपर्छ । ’ उनले भने । बहालमा बस्नेले पनि सचेत नागरीकको भूमीका निभाई महसूल दर बुझेर मात्र महसूल रकम घरबेटीलाई दिनुपर्ने उनको भनाइ छ ।

    ”प्राधिकरणले तोकेकाभन्दा बढी दरमा महसुल असुल्नु गैरकानूनी कार्य हो । गैर कानुनी कार्यमा सहभागी हुनु अपराध हो ।”कार्यकारी निर्देशक घिसिङले भने ।

    उनका अनुसार २० युनिटसम्मको विद्युत्मा रु ३० सेवा शुल्क लिएको छ भने प्रतियुनिट रु ३ का दरले लिने गरेको छ । यस आधारमा २० युनिट विद्युत् प्रयोग गर्नेले रु ९० महसुल तिर्नुपर्छ । यस्तै २१ देखि ३० युनिटसम्म प्रतियुनिट रु ७ यस्तै ३१ देखि ५० युनिटसम्म प्रतियुनिट ८ रुपैयाँ ५० पैसाका दरले तिर्नुपर्छ ।

    प्राधिकरणको महसुल दरअनुसार ५१ देखि १५० युनिटसम्म खपत गर्ने ग्राहकले सेवा शुल्क रु १ सय र प्रतियुनिट रु १० का दरले तिर्नुपर्छ ।  १५१ देखि २५० युनिटसम्म खपत गर्ने ग्राहकले सेवा शुल्क रु १ सय २५ र प्रतियुनिट रु ११ का दरले तिर्नुपर्छ । २५१ देखि ४०० युनिटसम्म खपत गर्ने घरायसी ग्राहकले सेवा शुल्क रु १ सय ५० प्रतियुनिट रु १२ र त्यसभन्दा माथि सेवा शुल्क रु १ सय ७५ र प्रतियुनिट रु १३ का दरले तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...