News Portal

  • नेपाल बैंक लिमिटेडले माग्यो ५ सय बढी कर्मचारी : यहिँबाट दिनुस् आवेदन

    भक्तपुर, ३१ भदौ
    १३५९ पटक
    भक्तपुर, ३१ भदौ

    नेपाल बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । लोकसेवा आयोगको सहमति लिएर विभिन्न पदमा बैंकले विज्ञापन गरेको हो ।

    सोमबार विज्ञापन सार्वजनिक गर्दै काठमाडौ स्थित नेपाल बैंक लिमिटेडको प्रधान कार्यालयले सहायक प्रवन्धकदेखि कनिष्ठ सहायकसम्मका ५६४ जनाको माग गरेको छ । प्लस टु पास गरेकादेखि स्नातकोत्तर उत्तीर्ण गरेकाहरुले यी पदहरुमा दरखास्त दिन सक्नेछन् । सार्वजनिक गरिएको विज्ञापन अनुसार प्रदेश नम्बर ३ का लागि सबैभन्दा बढी संख्या माग गरिएको छ ।

    सोमबारदेखि असोज १९ गतेसम्म्म दरखास्त फाराम भर्न सकिने बैंकले जनाएको छ । बैंकले सबै फाराम स्क्यान गरेर अनलाइनबाट मात्र भर्न मिल्ने जनाएको छ । फोटो र तोकिएको प्रमाणपत्रहरु पनि स्क्यान गरेरै अनलाइनमार्फत हाल्नुपर्ने बैंकले जानकारी गराएको छ ।

    बैंकले जारी गरेको सूचनामा भनिएको छ, “श्री लोकसेवा आयोगको सहमति अनुसार यस बैंकको आ.व.२०७६/७७ को स्वीकृत दरबन्दीका आधारमा रिक्त रहेका निम्न पदहरुमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरुबाट मिति २०७६/०५/३० देखि अनलाइन दरखास्त फारम भर्न आह्वान गरिएको छ । बैंकले तोकेको अनलाइन फाराममा भर्नुपर्ने सम्पूर्ण विवरणहरु भरी सोको साथ नागरिकता र दरखास्त दिने पदको लागि तोकिएको न्युनतम शैक्षिक योग्यताको ट्रान्सकृप्ट, चारित्रिक प्रमाणपत्र तथा नेपाल बाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सो को साथमा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र, समावेशी समूहका लागि तोकिएको प्रमाणपत्र, अनुभव चाहिने पदका लागि तोकिएको अनुभवको प्रमाणपत्र र हालसालै खिचेको पासपोर्ट साइजको फोटो Scan/Attach गरी तोकिएको शुल्क तिरी मिति २०७६/०६/१९ सम्म अनलाइन दरखास्त पेश गर्नुपर्नेछ । म्याद भित्र दाखिल नभएको र रीत नपुगी आएका दरखास्त उपर कुनै किसिमको कारबाही हुने छैन । झुट्टा विवरण उल्लेख गरी अनलाइन दरखास्त फाराम भरेमा सोको जवाफदेही उम्मेदवार स्वयं हुनुपर्नेछ ।”

    अनलाइन दरखास्त भर्न यहाँ क्लिक गर्नुस्

    सिलेबसको लागि यहाँ क्लिक गर्नुस्

    यस्तो छ नेपाल बैंक लिमिटेडको विज्ञापन सूचना

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...