News Portal

  • नोट हाम्रो, हात्ती कस्को ?

    काठमाडौ, २ असोज
    ८४८ पटक
    काठमाडौ, २ असोज

    हजारको नोट अर्थात् सजिलो भाषामा– ‘हात्ती।’ तर, यसको त्यही हात्तीमाथि प्रश्न उठेको छ– के यो नेपाली नै हो त ? ‘हो’ भनेर प्रमाण दिने कोही निस्किएको छैन। बरु ‘होइन’ भनेर आधार देखाउने धेरै छन्।

    विवाद बढेपछि नेपाल राष्ट्र बैंकले सुरक्षित उपाय निकालेको छ– हात्ती नै फेरिदिने । अब नेपालमै जन्मिएका जुम्ल्याहा हात्ती राम–लक्ष्मणको पोट्रेट तस्बिर छापिएका हजारका नोट अर्को दशैंसम्म आइसक्नेछन् । त्यसको प्रक्रिया अघि बढाइसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ। ती हात्ती चितवन राष्ट्रिय निकुञ्जको खोरसोर हात्तिसारमा ८ वर्षअघि जन्मिएका हुन्।

    अहिले नोटमा छापिएको हात्तीलाई भने केही व्यक्तिले अफ्रिकी भनेका छन् । हात्तीकै विषयमा विद्यावारिधी गरेका नरेन्द्र प्रधान भने यसलाई एसियाली नै ठान्छन्। एसियामा तीन किसिमका हात्ती पाइन्छन् । म्याक्सिमस, इण्डिसस र सुमात्रानस। तीनै उपप्रजाती हेर्दा उस्तै देखिन्छन् । नेपालदेखि श्रीलंकासम्म म्याक्सिमस पाइन्छन् । नोटमा छापिएका हात्तीको दाह्रा र कानले इण्डोनेशिया वरपरको सुमात्रा टापुमा पाइने हात्तीजस्तो देखिएको विज्ञहरु बताउँछन् । यद्यपि, पोट्रेट भएकाले यसको पुष्टि गर्न कठीन हुने डा. प्रधानको आँकलन छ।

    राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री भन्छन्, ‘त्यतिबेला हात्ती राख्ने त भने। नेपालको हो की विदेशको हो, मतलब गरेनन्।’ नोट निष्काशनमा यतिधेरै अन्धाधुन्ध हिसाबले निर्णय हुने चाहीँ होइन। राष्ट्र बैंकको नोट छपाइ समितिमा गभर्नर संयोजक हुन्छन् भने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र पुरातत्व विभागका प्रमुखहरु पनि समेटिन्छन् । राष्ट्र बैंककै डेपुटी गभर्नरहरु र मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक समितिमा रहन्छन् । तिनले आ–आफ्ना विषयगत तस्बिर उपलब्ध गराउने गरेको राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक त्रिलोचन पंगेनी बताउँछन् ।

    तर, हात्तीको तस्बिरराख्न सुरु गरेको धेरै समय भएकाले त्यो कसरी जुटाइयो भन्ने जानकारी बैंकका वर्तमान अधिकारीहरुलाई छैन। बैंकको मुद्रा व्यवस्थापन विधागका कार्यकारी निर्देशकसमेत रहेका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला भने संसारमै दुर्लभ हुने जुम्ल्याहा हात्ती नेपालमा पाइएकाले त्यो दुर्लभतालाई समावेश गर्न खोजिएको बताउँछन् । मातृ सत्तात्मक परिवारमा बसोबास गर्ने प्रजाति हात्तीको जुम्ल्याहा बच्चा जन्मनु संसारमै दुर्लभ मानिन्छ।

    एसियाका नेपाल र थाइल्याण्डमा मात्रै जुम्ल्याहा बच्चा जन्मिएको ‘रेकर्ड’ छ । अफ्रिकामा भने केन्या, ताञ्जानिया र दक्षिण अफ्रिकामा जुम्ल्याहा हात्ती जन्मिएको पाइन्छ। ‘जन्मिँदै ८० देखि १०० किलो तौल हुने हात्तीका बच्चा २२ महिनासम्म पेटमा राख्नु निकै कठीन हुन्छ,’ राष्ट्रिय प्रकृति संरक्षण कोषमा कार्यरत हात्ति विज्ञ प्रधान भन्छन्, ‘त्यसकारण यस्ता ठूला जनावरको जुम्ल्याहा बच्चा जन्मनु निकै दुर्लभ हो।’

    नोटमा सुरक्षा प्रबन्धका लागि तस्बिरको साटो पोट्रेट राख्ने गरिएको छ । भारतीय केन्द्रिय बैंकले पछिल्लो नोट सिरिजमा महात्मा गान्धीको तस्बिर हटाएर पोट्रेट राखेको छ। नक्कली नोट छपाइ नहोस् भनेर यस्तो पोट्रेट राख्ने गरिएको हो । नोटमा हुने थुप्रै सुरक्षा प्रबन्धमध्ये पोट्रेट तस्बिर पनि एक भएको बिनय बन्जाराले आजको अन्नपूर्ण पोस्टमा खबर लेखेका छन् ।

    प्रतिकृया दिनुहोस्

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...

    भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक

    भक्तपुरका सफल व्यवसायी, युवा समाजसेवी, स्वतन्त्र अभियन्ता एवं खेलाडी श्रीभक्त कासिछ्वालाई मातृशोक परेको छ ।...