News Portal

  • शिक्षक लाइसेन्स परीक्षाको परीक्षा केन्द्र तोकियो : भक्तपुरका सबै ललितपुरको पुल्चोक पुगे

    बाबुराम दाहाल/भक्तपुर पोस्ट भक्तपुर, ६ असोज
    १५७९ पटक
    भक्तपुर, ६ असोज

    शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र ( शिक्षक लाइसेन्स) परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । प्रावि तहको परीक्षार्थीहरुका लागि आयोगले परीक्षा समय र परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।

    असोज-९ गते हुने उक्त परीक्षाको लागि परीक्षार्थीहरुले आफै बसेको स्थानबाट प्रवेशपत्र प्रिन्ट समेत गरिसकेका छन् ।

    भक्तपुरबाट परीक्षा फारम भरेका परीक्षार्थीहरुलाई यसपटक भने जिल्ला बाहिर परीक्षा दिन जानुपर्ने भएको छ । भक्तपुरका परीक्षार्थीहरुलाई आयोगले ललितपुर केन्द्र तोकिदिएपछि उनीहरु जिल्लामै परीक्षा दिने अवसरबाट बन्चित बनेका छन् ।

    प्राथमिक तहका लागि शिक्षक अध्यापन अनुमति पत्रको परीक्षा फारम भरेका सबै परीक्षार्थीहरुको परीक्षा केन्द्र ललितपुरको पुल्चोकस्थित त्रि पद्म विद्याश्रम माविमा परेको छ । उक्त केन्द्रमा भक्तपुरको मात्र नभई ललितपुर , रसुवा र नुवाकोटको समेत परीक्षा केन्द्र कायम गरिएको छ । परीक्षा बिहान ८ बजेदेखि शुरु हुने बताइएको छ ।

    शिक्षा विकाश तथा समन्वय इकाई भक्तपुरका शाखा अधिकृत खुलानाथ गौतमले भक्तपुरबाट २ सय ८७ जना परीक्षार्थीले प्रावि तहको लाइसेन्स परीक्षाको फारम भरेको बताए । कम संख्या भएका कारण जिल्लामा केन्द्र नपारिएको हुनसक्ने उनको भनाइ छ ।

    भोलिसम्ममा निमावि र मावि तहको परीक्षा केन्द्र पनि सार्वजनिक हुनसक्ने शिक्षक सेवा आयोग श्रोतले बताएको छ ।

    शिक्षक सेवा आयोगले गएको असार २ गते शिक्षक लाइसेन्स परीक्षाको सूचना प्रकाशन गरेको थियो । आयोगले प्रावि, निमावि र माविको विभिन्न पाँच किसिमको विज्ञापन खुलाएको थियो । आयोगले माध्यमिक तहको विभिन्न् तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको हो ।

    आयोगका अनुसार २ लाख ५० हजार बढीले लाइसेन्स परीक्षाका लागि आवेदन दिएका छन् । जसमा सबैभन्दा बढी निमावि तहको नेपाली विषयका लागि ५० हजार बढी आवेदन परेको छ । यस्तै कानून, इञ्जिनियरिङलगायतका प्राविधिक विषयमा सबैभन्दा कम आवेदन परेको छ ।

    हेर्नुहोस लाइसेन्स परीक्षाका लागि निर्धारण गरिएका केन्द्रहरुको सूची

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...